सेलिब्रटीसँग जोडिदै हुन्डाई, दीपीका बनिन् नयाँ ब्राण्ड एम्बेस्डर

काठमाडौं । दक्षिण कोरियाली अटोमोवाइल जाइन्ट हुन्डाईले भारतीय सेलिब्रेटीसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ । कम्पनीले नयाँ ब्राण्ड एम्बेस्डरको रुपमा नायिका दीपीका पादुकोणलाई नियुक्त गरेर उक्त संदेश दिएको हो ।

सन् १०९८ मा भारत प्रबेश गर्दा शाहरुख खानलाई सेन्ट्रोको ब्राण्ड एम्बेस्डर बनाएको हुन्डाईले पछिल्लो पटक नायिका पादुकोणलाई आफ्नो ब्राण्डसँग जोडेको हो ।

बलिउडमा पछिल्ला १६ वर्ष हिट फिल्म दिएर जमेकी दीपीकाको ‘फ्यान फलोइङ’ निकै राम्रो मानिन्छ । त्यसलाई नै आफ्नो ब्राण्डसँग जोड्न हुन्डाईले उनलाई ब्राण्ड एम्बेस्डर बनाएको बताइन्छ ।

शाहरुख खानले हुन्डाईलाई जुन चर्चा दिलाए । त्यहि चर्चाको अपेक्षा दीपीकासँग पनि हुन्डाईले राखेको देखिन्छ । सन् २०२० मा क्रेटा र २०२३ मा आयोनीक-५ आफ्नो ग्यारेजमा लगेका शाहरुखसँगको सम्बन्धको अब के हुन्छ भन्ने जानकारी प्राप्त भएको छैन ।


Back_to_top