जीएसीको ईभी उत्पादनमा नयाँ रेकर्ड, आउँदै नेपाल

काठमाडौं । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको इलेक्ट्रीक ब्राण्ड एवोनले सबैभन्दा छोटो अवधिमा १० लाख विद्युतीय कार बिक्री गरेर रेकर्ड बनाएको छ । कम्पनीले ५६ महिना महिनामा १० लाख यूनिट कार उत्पादन र बिक्री गरेको हो ।

ईभी मात्रै होइन पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने कुनै पनि नयाँ ब्राण्डले अहिलेसम्म यति छोटो अवधिमा १० लाख यूनिट कार उत्पादन र बिक्री गर्न सकेको छैन ।

जीएसीभन्दा अगाडि एसएआईसी–जीम–विलिङको संयुक्त लगानीमा रहेको विलिङ ब्राण्डलाई ५ वर्ष लागेको थियो । डोङफेङ–निसानलाई ५ वर्ष ३ महिना लागेको थियो । त्यस्तै लाइक एण्ड कोलाई ६ वर्ष, टेस्लालाई १२ वर्ष र बीवाइडीलाई १३ वर्ष लागेको थियो ।

ग्वान्झाओ अटोमोवाइल ग्रुप कम्पनीले सन् २०१७ मा स्थापना गरेको जीएसी न्यू इनर्जी कम्पनी पछि सन् २०२१ मा अफिसीयल रुपमा जीएसी एवोन नामाकरण भएको थियो ।

जीएसी एवोनको नयाँ दुइवटा फ्याक्ट्री निर्माण भइरहेको छ । सन् २०२४ को जुनबाट उत्पादन सुरु हुने उक्त फ्याक्ट्रीको संचालनपछि कम्पनीको वार्षिक उत्पादन क्षमता ८ लाख यूनिट हुनेछ ।

नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले जीएसी एवोनको आधिकारीक बिक्री गर्ने सम्झौंता भइसकेको छ । सम्भवत अबको दुई महिना भित्रै एवोनका उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछन् ।


Back_to_top