केही दिनमै नेपाल आउने E5 बारे थाहा पाउनु पर्ने ६ कुरा

काठमाडौं । एसपीजी अटोमोवाइल कम्पनीले माघको पहिलो सातासम्म काठमाडौं ल्याउने तयारी गरेको ओमोडा ई-५ इलेक्ट्रीक एसयूभी अहिले धेरैले चासो र चर्चा गरेको मोडल हो । अझ यसलाई अहिलेको ‘मोस्ट वेटेड’ एसयूभीभन्दा फरक पर्दैन ।

अहिले बजारमा ५० लाखदेखि ६५ लाख मूल्यका इलेक्ट्रीक एसयूभीहरुको बिक्री निकै राम्रो मानिन्छ । यो सेग्मेन्टमा बीवाइडी एटो–३, एमजी जेडएस ईभी र सेरेस–३ इलेक्ट्रीकले प्रतिस्पर्धा गरिरहेका छन् ।

चेरीको सहायक ब्राण्ड ओमोडा पनि यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउन लागेको हो । मूल्यका हिसाबले ५० लाखदेखि ६५ लाखसम्म पर्ने अनुमान गरिएको ओमोडा ई-५ आफ्नो फ्यूचरस्टीक डिजाइनको कारण अहिले धेरैले नाम लिने मोडल बनेको हो ।

अघिल्लो साता कम्पनीले अनलाईन कार्यक्रम आयोजना गरेर ओमोडा ई-५ को बारेमा पूर्ण जानकारी दिएको छ । यही जानकारीको आधारमा यसलाई कुरेर बस्नेको सहयोगको लागि हामीले यो रिपोर्ट तयार पारेका हौं ।

१. साइज

ओमोडा ई-५को लम्बाई ४४२४ एमएम, चौडाई १८३० एमएम र उचाई १५८८ एमएम रहेको छ । यसमा २६३० एमएमको ह्वील वेस पाउन सकिन्छ । ओमोडा ई-५ काे ग्राउण्ड क्लियरेन्स १८० एमएमको रहेको छ ।

लम्बाई र चौडाईको हिसावले यो उत्कृष्ट कम्प्याक्ट एसयूभी मान्न सकिन्छ । तर, यसको उचाई थोरै कम लाग्छ । त्यसैले यसलाई क्रसओभर एसयूभीले सम्बोधन गर्न सकिन्छ ।

२. मोटर पावर र ड्राइभिङ मोड

ओमोडाले ई-५ मा ‘फ्ल्याट वायर थ्री इन वान मोटर’ प्रयोग गरेको छ । मोटरमा प्रयोग भएको फ्ल्याट वायर विन्डिङ टेक्नोलोजीलाई अहिलेसम्मकै नविन टेक्नोलोजी मानिन्छ ।

यसमा रहेको ‘इन्टेलिजेन्ट थर्मल मेनेजमेन्ट आयल कुल्ड मोटर’ले यसको आयु निकै लामो बनाउने कम्पनीले जनाएको छ । यो मोटरको पीक पावर ९९ किलोवाट हो । यसको टर्क भने ३४० एनएम रहेको छ ।

कम्पनीले यसमा ३ सेन्स र ६ ड्राइभिङ मोड दिएको छ । सेन्स मोडलाई भेहिकल प्रिप्रेसन सेन्स, ड्राइभिङ सेन्स र पार्किङ सेन्स नाम दिइएको छ ।

मोडहरुको वर्गिकरण भेहिकल प्रिप्रेसन सेन्स अन्तर्गत वेलकम मोड, ड्राइभिङ मोड अन्गर्तत वेक अप मोड, एक्सट्रा इनर्जी सेभिङ मोड, कुल मोड र कर्म्फट मोड दिइएको छ । पार्किङ सेन्स अन्तर्गत क्याम्पिङ मोड पाउन सकिन्छ ।

३. ब्याट्री र चार्जिङ

कम्पनीले यसमा ६१ किलोवाट आवरको ब्याट्री दिइएको छ । डब्लूएलटीपीका अनुसार १०० किलोमिटर गुड्न यसले १५.५ किलोवाट आवर ब्याट्री खपत गर्छ । यसको मतलव ई-५ ले फुल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने डब्लूएलटीले जनाएको छ । एनइडीसीका अनुसार यसले ५१० किलोमिटर रेन्ज दिन्छ ।

यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जरले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्छ । यसमा ३.३ किलोवाटको भिटुएल केबल सपोर्ट गर्छ ।

४. लेभल २ एडास फिचर

ओमोडामा लेभल २ एडास फिचर उपलब्ध छ । एडास भित्र लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, ब्लाइन्ड स्पर्ट डिटेक्सन, आरसीटीए, डिपार्चर रिमाइन्डर, आईइएस जस्ता फिचर छन् ।

त्यसका अलावा एडाप्टीभ क्रुज कन्ट्रोल, आइसीए, फ्रन्ट कोलजन वार्निङ, अटोनोमश इमर्जिन्सी ब्रेकिङ सिस्टम, ट्राफिक जाम एभोइडेन्स एसिस्टेन्स, रियर क्रस ट्राफिक एसिस्टेन्स जस्ता एड्भान्स फिचर पाउन सकिन्छ ।

५. एक्सटेरियर

फ्यूचरलाई ध्यानमा राखेर डिजाइन गरिएको कारण यसले सहजै जोकोहीलाई आकर्षित गर्न सक्छ । अगाडिको क्लोज ग्रिल, टी सेपमा दिइएको डेटाइम रनिङ लाइट, उच्च गुणस्तरको एलइडी हेडल्याम्प, १८ इन्चको आल्मुनियम अलोय ह्वील यसमा पाउन सकिन्छ ।

निकै स्टाइलिस बडी डिजाइन, स्पोर्टी र डाइनामिक फास्टब्याक सेपमा सजिएको पछाडिको भाग, आकर्षक एलइडी टेल लाइटकाे साथै  ७८ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलकाे बलियाे बडी यसमा पाउन सकिन्छ ।

६. इन्टेरियर

ओमोडाले ई-५ लाई बाहिर जति आकर्षक बनाउन मिहिनेत गरेको छ । त्यत्तिकै मिहिनेत इन्टेरियरमा पनि देख्न पाइन्छ । ड्यूल कलरमा सजिएको ड्यासबोर्ड र ड्यासबोर्डमा दिइएको २४.६ इन्चको ड्यूल स्कृनको उत्कृष्ट ‘कम्बीनेशन’ पाउन सकिन्छ ।

यसमा २५६ प्रकारको कलर छान्न मिल्ने एम्बीयन्ट लाइट दिइएको छ । काठको कलर जस्तो लाग्ने आर्मरेष्ट, क्रोमसहितको डोर ह्याण्डल, सोनीले बनाएको स्पीकर, शनरुफ, वायरलेस चार्जर  यसमा पाउन सकिन्छ ।


Back_to_top