अब बीवाइडीको इलेक्ट्रीक पीकअप !

काठमाडौं । चीनको न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले इलेक्ट्रीक पीकअप ल्याउने भएको छ । कम्पनीले ल्याउने पीकअप अहिले सडक परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् ।

यसअघि कार, जीप, बस जस्ता सेग्मेन्टमा आफूलाई बलियो बनाएको कम्पनीले यहि वर्ष पीकअप ट्रक बजारमा ल्याउने तयारी गरेको हो । बीवाइडीले तयार पारिरहेको पीकअप सडक परिक्षण सुरु भएसँगै चर्चा पनि सुरु भएको हो ।

कम्पनीले सुरुमा हाइब्रिड पावरट्रेनमा पीकअप ल्याउने जनाएको छ । त्यसपछि मात्रै प्योर इलेक्ट्रीक भर्सनमा आउने छ । प्योर इलेक्ट्रीक पीकअपको लागि भने सन् २०२५ सम्म कुर्नु पर्ने हुन्छ ।

बाहिर आएको तस्विरमा देखिए अनुसार नयाँ पीकअपको ‘फ्रन्ट फेसिया’मा स्क्वायरिस डिजाइन दिइएको छ । अगाडि ‘भर्टिकल सेप’को टुइन एलइडी हेडलाइट, कनेक्टेड सी सेपको एलइडी डीआरएल देखिएको छ ।

इन्टेरियरमा बीवाइडीको कन्ट्रोल लेआउट, ठूलो साइजको स्कृन, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, हेडअप डिस्प्ले जस्ता आधुनिक फिचर यसमा दिइने छ ।

बीवाइडीले पीकअप ट्रक हाइब्रिड र प्योर ईभी ड्राइभ ट्रेनमा ल्याउने भएपनि यसको इन्जिन, मोटर र ब्याट्री प्याकको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top