आइक्यूव स्कुटरः ब्याज नलाग्ने, २५ हजार नगद छुट पाइने

काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् ।

यो योजनामा ग्राहकले ३० महिनाको किस्ता अबधि पाउने छन् । यस अन्तर्गत ग्राहकले ब्याज नलाग्ने तथा हरेक स्कुटरको खरिदमा विभिन्न एशोसरिजहरु समेत निःशुल्क पाउने छन् ।

टीभीएसको एकमात्र इलेक्ट्रीक स्कुटर आइक्यूव ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री हुँदै आएको छ ।

यस्तो छ आइक्यूव

टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यसमा प्रयोग गरिएको ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

आइक्यूवमा ४.६ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।

टीभीएस आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड पाउन सकिन्छ ।


Back_to_top