आयो ५० वर्ष चार्ज गर्नु नपर्ने ब्याट्री

काठमाडौं । ब्याट्री चार्ज गर्ने चिन्ता छ, अब चिन्ता छाड्नुस् चीनको बेइजीङमा रहेको ‘बेटाभोल्ट’ नामक कम्पनीले न्यूक्लीयर इनर्जी ब्याट्री बनाएको दावी गरेको छ ।

बेटाभोल्टका अनुसार नयाँ १५ वाई १५ मिलीमिटरको क्यूक्लियर ब्याट्रीले रिचार्ज नगरिकनै ५० वर्षसम्म विद्युत प्रदान गर्नेछ । एटोमीक बम, एटोमीक एयरक्राफ्ट क्यारियर, एटोमीक पावर प्लान्ट जस्ता शब्द हामीले सुनेकै थियो । यसमा अब एटोमीक इनर्जी ब्याट्री पनि थप हुने भएको हो ।

न्यूक्लीयर वा रेडियो आइसोटोप समेत नाम दिइएको उक्त ब्याट्रीले दोहन वा क्षय गरेको इनर्जीलाई प्रयोग गरी इलेक्ट्रीक ब्याट्री रिचार्ज गर्छ ।

यो पद्दतीमा न्यूक्लीयर रियाक्टरबाट खेरजाने रेडियो एक्टीभ इनर्जीलाई सेमीकन्डक्टरहरुको प्रयोगबाट इलेक्ट्रीक पावरमा कन्भर्ट गरिन्छ । बेटाभोल्टका अनुसार यो पद्दतीले युनीक अप्रोचमा काम गर्नेछ ।

बैज्ञानीकहरुले यस प्रक्रियाबाट उत्पादीत इलेक्ट्रोन्सहरुलाई निकेल ६३ नामको ‘रेडीयो एक्टीभ मेटेरियल’को प्रयोग गरी इलेक्ट्रीसीटी उत्पादन गर्नेछ ।

यसका लागि कम्पनीले जम्मा १० माइक्रोन (मानिसको रौको ५ भागको १ भाग) चौडार्ई भएको डायमण्ड सेमीकन्डक्टरको विकास गरेको छन् । बैज्ञानीकहरुले यस्ता दुईवटा डायमण्ड सेमीकण्डक्टरको बीचमा जम्मा २ माइक्रोनको एनआई ६३ सिट राखेर पावर जेनेरेट गरिएको बताएका छन् ।

विश्वको पहिलो न्यूक्लीयर ब्याट्रीको नाम बीभी–१०० दिएको छ । बेटाभोल्डका अनुसार यो ब्याट्रीले ३ भोल्टमा १०० माइक्रोवाट (१ वाट बरावर १० लाख माइक्रोवाट) उत्पादन गर्छ । यसको आकार क्वाइन भन्दा पनि सानो छ ।

यसले प्रत्येक मिनेट ८.६४ जुल्स वा वार्षिक रुपमा ३१५३ जुल्स उत्पाद गर्नसक्छ । कम्पनीले सन् २०२५ सम्ममा केही ठूलो ब्याट्री बनाएर १ वाट उत्पादन गर्न सकिने जनाएको छ ।

यो ब्याट्रीको फाइदाहरु कितावमा उत्कृष्ट देखिएता पनि लिथियम आयोन ब्याट्री उत्पादकले चासो दिएका छैनन् । न्यूक्लीयर ब्याट्री टर्नरी लिथियम ब्याट्रीमा भन्दा १० गुना बढि इनर्जी डेन्सीटी हुन्छ । यसले सम्भावीत रुपमा एकग्राम युनिटमै ३ हजार ३०० मेगावाट आवर इलेक्ट्रीसीटी स्टोर गर्छ ।

कम्पनीका अनुसार यो ब्याट्रीले अटोमेटीक रुपमै इलेक्ट्रीसीटी उत्पादन गर्ने भएकाले प्लगइन गरेर चार्ज गरिरहनु पर्दैन ।

सुरक्षाका लागि ब्याट्रीलाई आगलागी वा दुर्घटना भएर नपड्कने बनाइएको छ । यसको बनोटले बन्दुकको गालीसमेत सहजै थेग्छ । न्यूक्लीयर ब्याट्री १२० डिग्री तातोदेखि माइनस ५० डिग्री सेल्सीयससम्मको वातावरणमा सामान्य तरिकाले काम गर्न सक्छ ।

कम्पनीको दावी मान्ने हो भने यो ब्याट्रीलाई कहिल्यै रिसाइकल गरिरहनु पर्दैन । उक्त ब्याट्री मोवाइलमा प्रयोग गरियो भने कहिल्यै रिचार्ज गर्नु पर्दैन । ड्रोनहरुमा प्रयोग भयो भने लामो समयसम्म उडाउन सकिन्छ ।

तत्काल कारको लागि भने यो ब्याट्री प्रयोग गर्न सकिदैन । तर, जुन गतिमा ईभीहरु उत्पादन भएका छन्, त्यसलाई सम्भव बनाउन धेरै समय लाग्दैन होला ।


Back_to_top