पुसमा विद्युतीय कार आयातमा नयाँ रेकर्ड, हेर्नुहोस् ब्राण्ड अनुसारको आयात

काठमाडौं । विद्युतीय कारमा कर बढ्ने हल्लासँगै आयातकर्ताले रेकर्ड कार आयात गरेका छन् । बीवाइडी, टाटा, एमजी, सेरेस जस्ता ब्राण्डले ठूलो परिमाणमा ईभी आयात गरेका हुन् । यी कम्पनीहरुको कार आयात चाडपर्वको समयमा भन्दा धेरै देखिन्छ ।

पुस महिनामा १ हजार ३२५ यूनिट कार विद्युतीय कार आयात भएको हो । यो आयात माघमै कर बढ्ने हल्ला भएसँगै बढेको सहजै अनुमान लगाउन सकिन्छ ।

पुस महिनामा बीवाइडीले सर्वाधिक धेरै ५८४ यूनिट गाडी आयात गरेको देखिन्छ । कम्पनीले एटो-३, डल्फीन र सिल मोडल आयात गरेको छ ।

कम्पनीले एटो-३ को आयात ३५० यूनिट, डल्फीन २३१ र सिल ३ यूनिट ल्याएको छ । पुसमा बीवाइडीको बजार हिस्सा ४४.०७ प्रतिशत छ ।

दोस्रो स्थानमा टाटा मोटर्स रहेको छ । कम्पनीले पुसमा टियागो २०१ यूनिट, नेक्सन ईभी १८९ यूनिट र टिगोर १५८ यूनिट गरी कुल ५४८ यूनिट आयात गरेको देखिन्छ । पुसमा टाटाको मार्केट हिस्सा ४१.३६ प्रतिशत छ ।

त्यसैगरी एमजीले ८९ यूनिट कार आयात गरेको छ । जसमा जेडएस ईभी ५५ यूनिट, एमजी फाेर २५ यूनिट र कोमेट ९ यूनिट आयात भएको हो । कम्पनीको पुस महिनाको बजार हिस्सा ६.७२ प्रतिशत छ ।

त्यसैगरी सेरेसले ६० यूनिट, सिट्रोनले २८ यूनिट, कियाले ७ यूनिट, हुन्डाईले ४ यूनिट, ओराले २ यूनिट आयात गरेका छन् । विलिङ, बीएमडब्लू र अउडीले १/१ यूनिट कार मात्रै आयात गरेको देखिन्छ ।


Back_to_top