केटीएमले भारतीय बजारमा डुक–१२५ लन्च गर्ने तयारी थालेको छ । यसै अनुरुप भारतीय सडकमा यो बाइकको परिक्षण सुरु भएको हो ।
अष्ट्रीयन ब्रान्डको डुक–१२५ सीसी क्षमतामा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कम्पनीले भारतीय बजारमा बजाज अटोसँगको सहकार्यमा केटीएमका बाइकहरु उत्पादन गर्दै आएको छ ।
भारतीय बजारमा उत्पादन भएरपनि अहिलेसम्म भारतमा बिक्री वितरण नभएको डुक–१२५लाई अब भने, कम्पनीले बजारमा ल्याउने भएको हो । नोभेम्बर महिनाबाट भारतीय बजारमा केटीएम डुक बिक्री वितरण हुने जनाइएको छ ।
भारतीय बजारमा डुक–१२५ को मूल्य १ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । जसले भारतीय बजारमा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
डुक–१२५ स्टायडर्ड फिचरका साथ आउने छ । जसमा डियुल च्यानल एबीएस हुने छ । कम्बी ब्रेकिङ सिस्टममा आउने १२४.७ सीसी क्षमताको इन्जिनले १५ बिएचपी पावर र १२ एनएम टर्क जेनेरेट गर्छ ।
भारतीय बजारमा सार्वजनिक भएको केही महिना भित्रै नेपाल ल्याउने प्रयास भइरहेको बुझिएको छ ।

