टाटाले ल्याउँदै नयाँ प्रिमियम ह्याचव्याक कार, यस्ता हुने छन् विशेषता

टाटा मोटरले नयाँ प्रिमियम ह्याचव्याक आगामी वर्ष बजारमा ल्याउने भएको छ । कम्पनीले सन् २०१९ मा नयाँ मोडल ‘टाटा–४५ एक्स’ सार्वजनिक गर्न लागेको हो ।

टाटा–४५ एक्सले भारतीय बजारमा चर्चित गाडीहरू मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२०, होन्डा–ज्याज तथा फक्सवागेन पोलोसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । टाटा ह्यारीयरमा जस्तै रोड–गोइङ ह्याचब्याक, इम्प्याक्ट डिजाइन २.० फिलोसोफीमा यसलाई कम्पनीले बनाइरहेको छ ।

मिडिया रिपोर्टकाअनुसार, टाटाको प्रिमियम ह्याचब्याक एक्स–४५१ कोे प्रोडक्सन नाम भने एक्विला हुने अनुमान गरिएको छ । यसमा मिल्ड–हाइब्रिड सिस्टम दिइने अनुमान गरिएको छ भने रेगुलर १.२ लिटर न्याचूरल्ली एस्पिरेटेड थ्री–सिलिन्डर रिभोट्रन पेट्रोल इन्जिन दिइने छ । उक्त इन्जिनले ८५ पीएस पावर र ११४ एनएम–टर्क जेनेरेट गर्छ । यसअघि यो इन्जिन टाटाको टियागो र टिगोरमा पनि दिइएको थियो ।

मिल्ड–हाइब्रिड टेक्नोलोजीमा निर्माण गरिएको यो गाडी सम्भवतः कम्पनीकै फस्र्ट सेग्मेन्ट टेक्नोलोजी हुनसक्ने अनुमान गरिएको छ । यसमा दिइएको इन्जिन भारतीय प्रदूषण मापदन्ड बीएस–६ अनुसारको हुनेछ ।

कम्पनीले यस गाडीमा १.५ लिटर टर्बोचार्ज फोर–सिलिन्डर रिभोटर्न डिजेल इन्जिन दिने आँकलन गरिएको छ । जसले ११० पीएस पावर र २६० एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल गियरबक्स र सिक्स–स्पीड एएमटी जडान गरिएको छ ।

सुरक्षाका लागि टाटा–४५ एक्समा ड्यूल–फ्रन्ट एयरव्याग, एबीएस, ईबीडी, रिभर्स पार्किङ्ग सेन्सर, स्पीड–अलर्ट फङ्ग्सनलगायतका धेरै सेफ्टी फिचर्सहरू दिइनेछ ।


Back_to_top