बहुचर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला भारतीय बजारमा समेत आउने भएको छ । २०१९ सम्ममा भारतीय बजारमा आंशिक उपस्थिति जनाउने टेस्लाका सीइओ इलन मस्कले ट्वीट मार्फत जनाएका छन् ।
अमेरिकी बजारसँगै नर्थ अमेरिका, युरोप तथा चीनमा रहेको टेस्लाको बजारलाई अन्य विश्वमा समेत विस्तार गर्ने योजना रहेको उनले बताएका छन् ।
२०१९ को अन्त्यसम्ममा पूर्वी युरोप, जापानलगायतका देशमा समेत आफ्नो बजार विस्तार गर्ने योजना टेस्लाले अघि सारेको हो । सोही वर्ष भारत, अफ्रिका र दक्षिण अमेरिकाका समेत टेस्लाको उपस्थिति हुने उल्लेख गरिएको छ ।
सन् २०२० मा उक्त बजारमा आफ्नो उपस्थितिलाई विस्तार गरिने मस्कले ट्वीटमा खेलेका छन् ।
पछिल्लो समय विश्वभर विद्युतीय सवारीको उत्पादन तथा बजार विस्तार बढ्दै गइरहेको छ । फोसिल फ्युलका कारण वातावरणमा गम्भिर असर परेको भन्दै त्यसबाट चल्ने सवारीको विकल्प खोजी भइरहेको छ । अहिलेसम्म विद्युतीय सवारीलाई फोसिल फ्युलबाट चल्ने सवारीको विकल्पको रुपमा लिइदै आइएको छ ।
त्यसैले विद्युतीय सवारी उत्पादक कम्पनीहरु आफ्नो बजार विस्तार र नयाँ तथा शक्तिशाली उत्पादन ल्याउन ठूलो रकम लगानी गरि रहेका छन् ।

