हिरो मोटोर्कपले EICMA मोटर शोमा ४ वटा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एक्सपल्सको बिभिन्न ४ भेरिएन्टलाई सार्वजनिक गरेको हो ।
एक्सपल्सको बिभिन्न भेरिएन्टमा एक्सपल्स २००टी, एक्सपल्स स्क्रायाम्लर २००, क्याफे रेसर २०० र डिर्सट २०० रहेका छन् ।
यी सबै मोडल २०० सीसी क्षमताको इन्जिन दिइएको छ । यी मध्य केही बाइक अबको केही दिनमा नै भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
यी चारवटै नयाँ कन्सेप्टका साथ हिरोले आफ्नो भविष्यको लक्ष्यलाई प्रष्ट गरेको विष्लेषण सुरु भएको छ ।
कम्पनीले यी सबै मोटरसाइकलमा एलइडी हेडल्याम्प दिएको छ । निकै आकर्षक, स्टाइलिस र बस्न सहज यी मोटरसाइकलले धेरैको मन जित्ने अपेक्षा कम्पनीले लिएको छ ।
२०० सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको यी बाइकले १८.४ बीएचपी पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ ।

