बीवाइडी सिल ‘वर्ल्ड कार अफ दी इयर २०२४’को टप तीनमा छनोट

काठमाडौं । ‘वर्ल्ड कार अफ दी इयर २०२४’को अन्तिम ३ प्रतिस्पर्धी छनोट भएका छन् । यी तीन कारमा नेपालमा पनि बिक्री हुँदै आएको बीवाइडी सिल सेडानले स्थान बनाएको हो ।

टप तीनमा बीवाइडी सिलसँगै किया ईभी-९ र भोल्भो ईएक्स-३० मोडल परेका छन् । साथै, विभिन्न विधाको लागि फाइनल प्रतिस्पर्धामा फोर्ड बोर्कानो, हुन्डाई कोना, माज्दा सिएक्स-९०, सुबरु क्रसट्रेक, टोयोटा प्रियस र फक्सवागेन आईडी-७ छनोट भएका छन् ।

‘वर्ल्ड कार अफ दी इयर’को लागि जनवरी १, २०२३ देखि उत्पादन भएर बिक्री सुरु भएका कारहरु मध्ये कम्तीमा १० हजार यूनिट बिक्री भएका कारले सहभागिता जनाएका छन् । प्रतिस्पर्धीहरुको अन्तिम सूची डिसेम्बर १, २०२३ मा घोषणा भएको थियो ।

वर्ल्ड कार अफ दी इयरसँगै, वर्ल्ड लग्जरी कार, वर्ल्ड पर्फमेन्स कार, वर्ल्ड अर्वान कार, वर्ल्ड इलेक्ट्रीक कार, कार डिजाइन अफ दी इयर जस्ता विधामा अवार्ड प्रदान गरिने छ ।

अमेरिकाको न्यूयोर्क इन्टरनेशनल अटो शोको दौरान आगामी मार्च २७ तारिखमा बिजेताको घोषणा हुनेछ ।


Back_to_top