प्रति सेकेन्ड एक किमी गुड्ने रिचार्ज, पेट्रोल हाल्नभन्दा कम समय लाग्ने

काठमाडौं । चिनियाँ टेक जाइन्ट हुवावेले सुपर चार्जर निर्माणमा काम गरिरहेको छ । कम्पनीले आफ्नो ग्लोवल डिलर मिटमा हरेक १ सेकेन्डमा १ किलोमिटर गुड्ने गरी रिचार्ज गर्ने सुपर चार्जर निर्माणमा काम भइरहेको जानकारी दिएको हो ।

विभिन्न अटोमोवाइल निर्मातासँग साझेदारीमा काम गर्दै आएको हुवावेले अन्य टेक जाइन्टसँग पनि सहकार्य भइरहेको जनाएको छ । उसले विद्युतीय साधनको प्रयोगमा रहेको झन्झटिलो चार्जिङ टाइमलाई समाप्त गर्दै इन्धन भर्नभन्दा छिटो हुनेगरी चार्जर निर्माणको काम अगाडि बढेको बताएको हो ।

अहिले कम्पनीको लक्ष्य अल्ट्रा फास्ट चार्जर प्रयोग गर्दा ब्याट्री सुरक्षित गर्ने टेक्नोलोजी विकास रहेको छ । कम्पनीले केही समय अगाडि नै लिक्विड कुल्ड अल्ट्रा फास्ट चार्जिङ प्रविधि देखाएको थियो । यसले ६०० किलोवाट क्षमतामा चार्ज गर्छ । यसको लागि ६०० एम्पीयर करेन्टको आवस्यकता पर्छ । यहि चार्जिङ स्टेशनमा प्रतिसेकेन्ड १ किलोमिटर गुड्नेगरी ब्याट्री चार्ज हुन्छ ।

चाँडै यसको ब्यवसायीक सुरुवात गर्ने योजना ग्लोबल डिलर मिटमा हुवावेले सार्वजनिक गरेको हो ।


Back_to_top