काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार टे«डिङ कम्पनीले ‘सीबी २०० एक्स’ मोटरसाइकल नेपाल ल्याएको छ । कम्पनीले यसको बुकिङ समेत खुल्ला गरेको हो ।
ग्राहकले होन्डा शोरुममा राखेको एड्भेन्चर टूरर मोटरसाइकल सीबी २०० एक्सको मूल्य ४ ला ७९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिन सुरु गरेको हो ।
यस मोटरसाइकलमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ ।
होन्डा सीबी २०० एक्समा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।
यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।

