यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन ।

कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् । कम्पनीले कोरियन बजारमा बिक्री हुँदै आएको क्यास्पर मोडललाई इलेक्ट्रीकमा ल्याउन लागेको परिक्षणबाट अनुमान गर्न सकिन्छ ।

हुन्डाईले ल्याउने क्यास्पर ईभी अहिले बजारमा रहेको एक्सटर एसयूभीभन्दा साइजमा सानो हुनेछ । कम्पनीले यसलाई कोरियाबाहेक अष्ट्रेलिया, यूरोप र केही एशियाका देशमा बिक्री गर्ने योजना बनाएको छ । भारतमा बनेपछि एक्सटरकै इलेक्ट्रीक भर्सन उत्पादन हुने अनुमान गरिएको छ ।

नेपालमा कोरियाबाटै विद्युतीय कार आयात गरेर बिक्री हुँदै आएको छ । त्यहि कारण क्यास्पर इलेक्ट्रीक पनि आउने अनुमान गर्न सकिन्छ । हुन्डाईको के-१ प्लेटफर्ममा बन्ने कारको रेन्ज ३०० किलोमिटर माथि रहने छ । यसमा ४० किलोवाट आवरको ब्याट्री र ७० देखि १०० किलोवाटसम्मको इलेक्ट्रीक मोटर रहने छ ।

कम्पनीले यसलाई सुरक्षाको हिसावले अब्बल र फिचरका हिसाबले लोडेड बनाएर ल्याउने छ । यसमा २.५ लेभल एडास फिचर, हिटेड सिट, हिटेड स्टेरिङ ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, ठूलो इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिनेछ ।


Back_to_top