काठमाडौं । भारतीय दुई कार निर्माता ब्राण्ड टाटा र महिन्द्राले दुई नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउन लागेका छन् । सम्भवत मे महिनाको अन्तिमसम्ममा बजारमा आउन लागेका दुई एसयूभी अहिले धेरैले चासोका साथ हेरिरहेका छन् ।
दुई भारतीय ब्राण्ड मध्ये टाटाले ल्याउने कर्भ एसयूभी कुप्पे डिजाइनमा उपलब्ध हुनेछ । अर्को ब्राण्ड महिन्द्राले ल्याउने नयाँ एसयूभी उसले बजारमा बिक्री गर्दै आएको एक्सयूभी ३०० को इलेक्ट्रीक भर्सन रहनेछ ।
मूल्यको हिसावमा टाटा कर्भ केही महंगो हुने अनुमान गरिएको छ । अहिले बजारमा उपलब्ध मिडसाइज एसयूभी सेग्मेन्टमा आउने कर्भ ईभीलाई टाटाले २०२४ भारत मोविलिटी एक्स्पोमा देखाएको थियो । कम्पनीले यसलाई ईभीसँगै पेट्रोल र डिजेल इन्जिनमा पनि उपलब्ध गराउने छ ।
महिन्द्राले अहिले बिक्री गर्दै आएको एक्सयूभी ३०० कै साइजमा नयाँ विद्युतीय कार ल्याउन लागेको हो । कम्पनीले ल्याउन लागेको नयाँ ईभी एक्सयूभी ४०० भन्दा छोटो साइजमा उपलब्ध हुनेछ । नयाँ आउने ईभीको ब्याट्री, रेन्ज र पावरको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
कम्पनीले यसमा रहने ब्याट्री र रेन्जका विषयमा कुनै जानकारी प्राप्त नभएपनि दुबै एसयूभीको रेन्ज ३५० किलोमिटर माथि रहने अनुमान गरिएको छ ।


