यूरो एनक्यापको नयाँ नीतिः जति कम स्कृन, त्यति धेरै सुरक्षीत

काठमाडौं । विद्युतीय गाडीको उत्पादन बढेसँगै मेकानिकल पार्टस् भन्दा इलेक्ट्रोनिक्स पार्टस् धेरै चर्चा र प्रयोग हुन थालेका छन् । पहिलेका गाडीहरुमा चाकलको लागि मात्र इन्फर्मेसन डिस्प्ले हुन्थ्यो । त्यो पनि एनालग प्रविधिमा आधारित थिए ।

अहिले चालकलाई छुट्टै एमआइडी, इन्फोटेन्मेन्टको लागि छुट्टै सेन्टर स्कृन उपलब्ध हुनु सामान्य बनेको छ । आधुनिक प्रिमियम कारहरुमा अगाडिको प्यासेन्जर र पछाडि बस्ने यात्रुहरुको लागि छुट्टाछुट्टै स्कृन दिन थालिएको छ ।

टेस्लादेखि नयाँ स्टार्टअप कम्पनीले बनाएका इलेक्ट्रीक कारमा त डिजिटल स्कृन बिना गाडीनै संचालन गर्न नसकिने बनाइएको छ । कारमा बढ्दो स्कृनको प्रयोगलाई युरोपियन एनक्यावले सुरक्षामा खतरा भनेको छ ।

यूरो एनक्यापले यस्ता स्कृनको प्रयोग क मगर्न नयाँ नियम नै लागु गर्ने भएको छ । यूरो एनक्यावका डाइरेक्टर म्याथ्यू एभरेले क्रयास टेस्टमा गाडीमा हुने टचस्कृनको सट्टा फिजिकल बटन र डायललाई प्राथमिकता दिने जनाएका छन् । अर्थात् गाडीमा जति कम स्कृन भयो, उतिनै सुरक्षा अंक बढि प्राप्त गर्न सक्ने छन् ।

उनका अनुसार गाडीमा धेरै स्कृन हुँदा चालकले आफ्नो नजर बाटोमा टिकाउन नसक्ने देखिएको छ । विभिन्न स्कृनमा दृष्यहरु चल्ने र चालकको ध्यान बाटोको सट्टा गाडी भित्र हुने गरेको छ । त्यसले दुर्घटना हुने समभावना बढाउँछ ।

अझ नयाँ ईभीहरु त गियर सेलेक्टरदेखि हेडलाइट, वाइपर कन्ट्रोल, टर्न इन्डिकेटर जस्ता अति आवश्यक फङ्सन पनि सेन्टर स्कृनमै राखेका कारण दुर्घटना निम्त्याउने सम्भावना बढेको हो ।

यूरो एनक्यावको यो नयाँ नियम सन् २०२६ बाट लागू हुने जनाइएको छ । तर, कार कम्पनीहरुले भने अहिलेका अधिकांश कारहरुमा एडास सिस्टम हुने भएकाले दुर्घटनाबाट बचाउने दावी गरेका छन् । तर अहिले प्रयोगमा आइरहेको एडास सिस्टम पनि फुलप्रुफ नभएको र यसमा पूर्ण निर्भर हुन सकिने किसिमको छैन ।


Back_to_top