काठमाडौं । एमजी इन्डियाले भारतमा उत्पादन गर्ने नयाँ ईभीको नाम एक्सेलर हुने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्न एक्सेलर नाम दर्ता गराएसँगै यसको उत्पादन निश्चित भएको हो ।
कम्पनीले ट्रेडमार्क दर्ता गर्दा नै ‘एक्सेलर ईभी’ भनेर दर्ता गराएको कारण भारतमा आउने तेस्रो मोडल भनेर मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा एमजीले जेडएस ईभी र कोमेट ईभी उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
एमजीले भारतमा ट्रेडमार्क दर्ता गराएको ‘एक्सेलर’ नामबाट अहिलेसम्म कुनै पनि मोडल बजारमा ल्याएको छैन । त्यसैले सम्भवत एमजीले भारतमा उत्पादन गर्ने एक्सेलर ईभी पहिलो ग्लोवल मोडल हुनसक्ने बताइएको छ । यसको विषयमा कम्पनीको कुनैपनि आधिकारीक धारणा बाहिर आएको छैन ।
कम्पनीले यहि मार्च ३ तारिखमा यसको ट्रेडमार्क दर्ता गरेको हो । एमजीले सन् २०२४ मा भारतीय बजारमा नयाँ विद्युतीय कार सार्वजनिक गर्ने योजना कम्पनीले यसअघि नै बाहिर ल्याएको थियो । त्यसैले एक्सेलर ईभी नामबाटै आगामी मोडल आउने धेरैको अपेक्षा छ ।
नयाँ ईभीको विषयमा कुनै पनि आधिकारीक जानकारी नदिएको कम्पनीले कस्तो गाडी ल्याउँछ धेरैको चासोको विषय बन्न सुरु भएको छ ।


