थाइल्याण्डमा बनेको ‘नेटा भी’ फरक डिजाइनमा, नेपाल पनि नयाँ नै आउने

काठमाडौं । चिनियाँ इलेक्ट्रीक स्टार्टअप होजोन अटोको सफल मोडल नेटाभीलाई कम्पनीले देश अनुसार फरक डिजाइन तयार पारेका छन् । कम्पनीले थाइल्याण्ड प्लान्टबाट उत्पादन गरेको नेटा भी-।। बजारमा ल्याउन लागेको हो ।

नेटाले थाइल्याण्डमा स्थापना गरेको इकोलोजीकल स्मार्ट फ्याक्ट्रीबाट उत्पादन सुरु गरेको हो । वार्षिक २० हजार ईभी उत्पादन क्षमता रहेको नेटाको उक्त प्लान्टबाट राइटह्याण्ड ड्राइभका भेहिलकहरु उत्पादन हुनेछ ।

होजोनले उत्पादन गरेको नेटा भी-।। आगामी २७ मार्चबाट सुरु ‘बैंकक इन्टरनेशनल मोटर शो-२०२४’मा डेब्यू गर्नेछ ।

नेटाले सन् २०२३ मा विश्वभरमा १ लाख २७ हजार ४९६ यूनीट बिक्री गरेको थियो । सन् २०१८ मा स्थापना भएको कम्पनीले अहिलेसम्म करिब ४ लाख यूनिट बिक्री गरिसकेको छ ।

नेटा भी-।। को फ्रन्टमा क्लोज ग्रिल डिजाइन दिएको छ । तर, लोअर बम्पर भने ट्रापेजोडियल सेपको डट म्याट्रीकक्स प्याटर्न दिएको छ । नेटा भी-।। को फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट दिएको छ ।

यसमा दिइएको व्ल्याक पिल्लर कलरले फ्लोटिङ रुफको झल्को दिएको छ । यसको रियरमा सानो साइजको स्पोइलर, नयाँ डिजाइनको कनेक्टेड व्याक लाइट रहेको छ । यसमा ७० किलोवाटको  इलेक्ट्रीक मोटर दिएकाे छ ।

ईभीमा पहिलाको एनसीएम ब्याट्रीको सट्टा ३८.५  किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिएको छ । यसको एनइडीसी रेन्ज क्रमश ३८४ किलोमिटर हुने दावी छ ।

नेपालमा पनि फरक आउने

नेपालमा बिक्री हुँदै आएको नेटा-भी अहिलेको तुलनामा फरक आउने बताइएको छ । सिजी मोटरले चाँडै क्रसओभर मोडलको रुपमा उच्च ग्राउन्ड क्लियरेन्स भएको नेटा भी नेपाल ल्याउन लागेको हो ।


Back_to_top