८ तस्विरमा हेर्नुस्, संचालनमा आयो हार्ले डेभिडसनको काठमाडौं शोरुम

काठमाडौं । नक्साल गैरीधारामा हार्ले डेभिडसनको नेपालको लागि पहिलो शोरुम संचालनमा आएको छ । नेपालका लागी हार्लेको आधिकारीक बितरक आइएमएइ अटोमोटिभ्सले उक्त शोरुम संचालनमा ल्याएको हो  । 

शोरुम पुर्ण रुपमा तयार भइसकेको छ भने, कम्पनीले डिसेम्बरकाे पहिलो साता गाला लन्च गर्ने तयारी गरेको छ । हाल नेपाली बजारमा हार्लेको  दुई मोडलमा उपलब्ध रहेको छ । 

डिसेम्बरसम्ममा थप तीन नयाँ मोडलका बाइक भित्र्याउने कम्पनीले जनाएको छ । यो शोरुम निर्माण पश्चात् नेपाली बजारमा यसअघि नै बाहिरबाट ल्याइएका हार्लेका केही बाइकहरुले सर्भिसमा भोगिरहेको समस्याको समेत समाधान भएको छ । उक्त स्वरुममा हार्लेका मर्चेन्डाइज, गियर तथा ग्याजेटसमेत उपलब्ध रहने छ । 

अन्तर्राष्ट्रिय स्तरको वर्कशप

कम्पनीले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक सुबिधा सम्पन्न वर्कशपसमेत संचालनमा ल्याएको हो । जसमा बिदेशबाट तालिम लिएका दक्ष टेक्निशियनहरुले हार्लेका बाइकको मर्मत गर्ने छन् । 

सर्भिसका लागि आएका बाइकहरु इन्ट्री गराएपछि सुरुमा वास गरेर लिफ्टबाट माथि वर्कशपमा पुर्याइन्छ र तालिमप्राप्त इन्जिनियर तथा टेक्निशियन द्धारा मर्मत गरिन्छ । हार्लेका पुराना ग्राहकले यसअघि पैसा खर्च गरेरसमेत बाइक मर्मतमा कठिनाई भोग्दै आएका थिए । अब भने नेपालमा नै सुविधासम्पन्न सर्भिस लिन पाउने छन् । 

यस अघि नेपाली बजारमा रहेको हार्लेका बाइकहरुले सर्भिस तथा पार्टसमा भोग्दै आएका थिए । कम्पनीले पूर्व तयारी अनूरुप पार्टस, मर्चेन्डाइज तथा ग्याजेट्ससमेत उपलब्ध गराइसकेको छ ।


Back_to_top