काठमाडौं । केटीएम २०० ड्यूकको २०२४ एडिशन भारतमा सार्वजनिक भएको छ । कम्पनीले ग्राफिक अपडेटका साथ केटीएम २०० ड्यूकको नयाँ एडिशन सार्वजनिक गरेको हो ।
प्रिमियम मोटरसाइकल निर्माता कम्पनी केटीएमले २०० ड्यूकको दुई नयाँ कलर अप्सन सार्वजनिक गरेको हो ।
कम्पनीले २०० ड्यूक इलेक्ट्रोनिक अरेन्ज र डार्क गल्भानो कलरमा ल्याएको छ । त्यस्तै, कम्पनीले २५० ड्यूकको समेत नयाँ कलर ल्याएको छ । कम्पनीले २५० ड्यूकको एटालान्टिक ब्लू कलर सार्वजनिक गरेको हो ।
कलरका अलावा कम्पनीले दुवै मोटरसाइकलमा अन्य मेकानिकल परिर्वतन गरेको छैन् । केटीएम २०० ड्यूक २०२४ मा २०० सीसी लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २५ पीएस पावर तथा १९।३ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, एटालान्टिक ब्लू कलरमा आएको केटीएम २५० मासमेत अन्य कुनै परिर्वतन गरिएको छैन । यसमा २५० सीसी लिक्वीड कुल्ड इन्जिनले ३१ पीएस पावर तथा २५ एनएम टर्क जेनेरेट गर्छ ।

