काठमाडौं । भारतीय मोटरसाइकल निर्माता बजाज अटोले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले एन सिरिज अन्तर्गत पल्सर एन १२५ मोटरसाइकल ल्याउने भएको हो ।
पल्सर एन १२५ मोटरसाइकल परीक्षण गरिरहेको फुटेज भारतीय मिडियामा सार्वजनिक भएको छ । हाल परीक्षणको क्रममा रहेको उक्त मोटरसाइकललाई कम्पनीले छिटै बजारमा ल्याउने मिडिया रिपोर्टमा उल्लेख छ ।
फुटेजमा देखिए अनुसार एन १२५ मोटरसाइकलमा युनिक डिजाइनको हेडलाइट, कम्प्याक्ट वीन्ड स्क्रीन, चंकी फ्युल ट्यांक, नयाँ रियर भ्यू मिरर, अन्डरबेलि एग्जस्ट, स्प्लीट सीट, फराकिलो ह्यान्डलबार, रोबस्ट ग्रयाबरेल, रियर टायर हगर र अप राइट राइडिंग स्ट्यान्स रहेको छ ।
मोटरसाइकलमा प्रोजेक्टर एलईडी हेडलाइट, एलईडी डीआरएल, डे टाइम रनिङ लाइट, बल्ब इन्डिकेटर, पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल र ब्लुटुथ कनेक्टिभिटी सिस्टम जस्ता फिचरहरू हुनेछन् ।
त्यस्तै, यस मोटरसाइकलमा स्किनी टायर, अलोय ह्वील, फ्रन्टमा डिस्कब्रेक र रियरमा ड्रमब्रेक रहेको छ । कम्पनीले यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक सस्पेन्सन दिएको छ ।
बजाजको पल्सर एनएस १२५ मोटरसाइकलमा प्रयोग गरेको इन्जिन एन १२५ मा हुने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम ११।९९ ब्रेकहर्स पावर तथा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स हुनेछ ।


