मूल्य घटाउने पहिलो मोडल बन्ला ‘बी १०’ एसयूभी, आइतबार घोषणा हुने

काठमाडौं । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले क्रसओभर एसयूभी ‘बी १०’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीले आगामी आइतबार (जेठ २४ गते) काठमाडौंको उत्तरढोकास्थित शोरुमा बी १० विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

कम्पनीले उक्त कार्यक्रममा बी १० को बारेमा के हुँदैछ भनेर खुलाएको छैन । तर, ‘समथिङ इज चेन्जिङ’ भनेको छ । अर्थात् बी १० एसयूभीमा अहिलेभन्दा केही फरक घोषणा गर्ने बताएको छ ।

सम्भवतः कम्पनीले बी १० को मूल्यबारे केही घोषणा गर्न लागको अनुमान गरिएको छ । मोटर पावरको आधारमा पहिला धेरै कर लागेको बी १० मा अब नयाँ कर प्रणाली अनुसार मूल्यको आधारमा कर कम लाग्ने अवस्था सृजना भएको छ । कम्पनीले कर घट्ने भएसँगै बी १० को मूल्य कति घटाउला, त्यो थाहा पाउन भने आइतबारसम्म कुर्नै पर्नेछ ।

रियर ह्वील ड्राइभ सिस्टम भएको बी १० मा शक्तिशाली १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जसले २४० न्युटन मिटर प्रदान गर्छ ।

बी १० दुई ब्याट्री अप्सनमा पाउन सकिन्छ । यसमा ५७ र ६७ किलोवाट आवरका दुई ब्याट्री छन् । जसले क्रमशः ३६१ किमी र ४३४ किमी डब्लूएलटीपी रेन्ज दिन्छ ।

११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने बी १० को ब्याट्रीलाई २० मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस छ ।

बी १० एसयूभीमा एडास लेभल टु, लाइडार, स्न्यापड्रागनको चीप, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइट, १२ स्पीकरसहितको अडियो सिस्टम छ ।

साथै, यसमा सनरुफ, लेदर सिट, हिटिङ र भेन्टिलेटेड सुविधा यसमा पाउन सकिन्छ । फ्लस पप आउट डोर ह्याण्डल, १८ इन्चको अलोय ह्वील छ ।


Back_to_top