देशभर सरकारी सवारीसाधन ५६ हजार, कुन प्रदेशमा कति (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०७४–०७५को अन्त्यसम्ममा देशभर ५६ हजार सरकारी सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था विभागको सङ्कलित विवरणअनुसार गत आर्थिक वर्षभित्रसम्ममा सातवटै प्रदेशमा सञ्चालित यातयात व्यवस्था कार्यलयमा ५६ हजार ३ सय ७५ सरकारी सवारीसाधान दर्ता भएको हो । 

आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश नम्बर ३ मा मात्रै ३४ हजार ७ सय ६४ सरकारी सवारी दर्ताका भएका छन् । ३ नम्बर प्रदेशमा २० हजार ४ सय मोटरसाइल, ३ हजार २ सय २५ क्रेन–डोजर स्काभेटर, १० हजार ९ सय ३९ कार–जीप–भ्यान दर्ता भएको विभागले जनाएको छ । 

सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ७ सरकारी सवारी दर्ता भएको छ । यस प्रदेशमा ५ वटा जीप–भ्यान, १ सय १ वटा मोटरसाइकल–स्कुटर र एउटा ट्याक्टर दर्ता भएको छ । प्रदेश नम्बर १ मा ६ वटा मिनिबस, १ सय ४२ वटा डोजर–ट्रककासाथै २ सय ७५ वटा भ्यान–जीप, ७१ वटा पिकअप, २ हजार ६ सय ११ वटा स्कुटर तथा मोटरसाइकललगायत अन्य गरी ३ हजार ३ सय १४ सरकारी सवारीसाधन दर्ता भएको छ । 

त्यस्तै, प्रदेश नम्बर २ मा ८ हजार ६ सय ५३ सरकारी गाडी दर्ता भएको छ । यस प्रदेशमा ८ सय २४ वटा ट्रीपर–क्रेन–भ्यान, २ हजार ५ सय ३२ कार–जप–भ्यान, ५ हजार २ सय ७९ मोटरसाइकल तथा स्कुटर तथा १८ वटा ट्याक्टर दर्ता भएको हो । 

गण्डकी प्रदेशमा २ हजार २२ सरकारी गाडी दर्ता भएको छ । सबैभन्दा धेरै १ हजार ४ सय ५३ मोटरसाइकल तथा स्कुटर, ३ सय ४८ कार–जीप–भ्यान, २ सय ११ वटा ट्रीपर–ट्रकलगायतका सरकारी सवारी दर्ता भएको विभागले जनाएको छ । 

साथै, प्रदेश नम्बर ५ मा ५ सय ९ डोजर–क्रेन, ८ सय ५३ कार–जीप, ३ हजार ९ सय ६२ मोटरसाइकल–स्कुटर, १ सय ३ वटा ट्याक्टर गरी ५ हजार ४ सय २७ सवारीसाधन दर्ता भएका छन् । 

प्रदेश नम्बर ७ मा २ हजार ८८ विभिन्न सरकारी साधन दर्ता भएका छन् । यहाँ १ सय ७५ डोजर–क्रेन–ट्रीपरकासाथै ३ सय ८३ कार–जीप १४ सय ७४ मोटरसाइकल–स्कुटर र ५६ वटा ट्याक्टर दर्ता भएका छन् । विभागले तयार पारेको विवरणअनुसार आर्थिक वर्ष २०७४–०७५ सम्ममा सरकारी सवारीसाधन खरिद गर्न करोडौँ रुपैयाँ लगानी गरेको छ ।

विभागका नायव सुब्बा केशवराज जमरकट्टेले चालु आर्थिक वर्ष २०७५–७६मा दर्ता भएका सरकारी सवारीसाधनको विवरण भने सङ्कलन भैनसकेको जानकारी दिए । 

‘सङ्घीय संरचनाबमोजिम यातायात व्यवस्था विभागको सबै काम–कारबाही कार्यालय प्रदेश मातहतमा सार्ने तयारी गरिएको छ । हाल विभागसँग चालु आर्थिक वर्षको विवरण सङ्कलित छैन’ उनले भने ।

कट्टेलका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा उल्लेख्य मात्रामा सरकारी सवारी दर्ता भएको आँकलन गरिएको छ । यो आर्थिक वर्षमा स्थानीय जनप्रतिनिधिले प्रशस्तै सवारीसाधन खरिद गरेकाले गत वर्षको तुलनामा यो वर्ष दर्ता भएका सरकारी गाडीको सङ्ख्या बढी हुने प्रस्ट देखिएको छ । 

आर्थिक वर्ष २०७४–०७५सम्ममा दर्ता भएका सरकारी सवारीसाधन 

यातायात
व्यवस्था विभाग कार्यालय

मिनीबस,
बस, मिनीट्रक

कार,
जीप, भ्यान

मोटर
साइकल स्कुटर

डोजर,
क्रेन,
स्काभेटर,
ट्रक, ट्रीपर

पिकअप

अन्य
सवारीसाधन गरी जम्मा

प्रदेश
नम्बर १

२७५

,६११

१४२

७१

,३१४

प्रदेश
नम्बर २

,५३२

,२७९

८२४

,६५३

प्रदेश
नम्बर ३

१०,९३९

२०,४००

,२४५

३४,७६४

गण्डकी
प्रदेश

३४८

१४५३

२११

,०२२

प्रदेश
नम्बर ५

८५३

,९६२

५०९

,४२७

कर्णाली
प्रदेश

१०१

१०७

प्रदेश
नम्बर ७

३८३

,४७४

१७५

,०८८

जम्मा

१५,२८६

३५,२८०

,२८६

७२

५६,३७५


Back_to_top