लगानी वृद्धिसँगै कम मूल्यका मोटरसाइकल उत्पादनमा जुट्दै यात्री

काठमाडौं । यात्री र सिप्रदीको सहकार्यले नेपालमै मोटरसाइकल बनाउने सपनालाई थप मजबुद बनाएको छ । अटोमोवाइल ब्यवसायमा ४० वर्षभन्दा लामो अनुभव रहेको सिप्रदी र यात्री मोटरसाइकल बीचको सहकार्यले विद्युतीय दुई पाङ्ग्रे साधनमा नेपाले ठूलो उपलब्धी हासिल गर्ने अनुमान गर्न सकिन्छ ।

यात्री मोटरसाइकलमा युवा इन्जिनियर असिम पाण्डेले देखेको एउटा सपना हो । उनले अन्तर्राष्ट्रिय ब्राण्डमा काम गर्दा गर्दै नेपालमै केही गर्नुपर्छ भन्ने भावनासहित नेपाल आएर यात्री मोटरसाइकल ब्राण्डको स्थापना गरेका थिए । यसमा कालिका ग्रुपले लगानी गरेको हो ।

ठूलो लगानीको आवस्यकता पर्ने यस्ता स्टार्टअप कम्पनी चलाउन सिप्रदी जोडिएसँगै थप सहज हुने विश्वास यात्री मोटरसाइकल कम्पनीले ब्यक्त गरेको छ ।

दुई कम्पनी बीच भएको सम्झौतापछि कम्पनीका फाउन्डर तथा सीईओ असिम पाण्डेले भने, ‘सिप्रदी र यात्री बीचको सहकार्यले उपभोक्तालाई बजेटमैत्री, कटिङ एज टेक्नोलोजीका मोटरसाइकल उपलब्ध गराउने हाम्रो लक्ष्यमा सहयोग पुग्नेछ ।’

कम्पनीले लगानी वृद्धि र सिप्रदीको अनुभवलाई मास उत्पादनमा जोड्ने भएको छ । यात्री पी-वानको नयाँ जेनेरेशन मोडलसँगै थप अन्य मोडलमा यात्रीले काम सुरु गर्ने भएको हो ।


Back_to_top