टेस्लाको साइबर क्याव अगष्ट ८ तारिखमा सार्वजनिक हुने

काठमाडौं । अमेरिकी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले आगामी अगस्ट ८ मा आफ्नो बहुप्रतिक्षीत रोबोट्याक्सी सार्वजनिक गर्ने भएको छ । साइबर क्याब नाममा आउन लागेको रोबोट्याक्सी सेल्फ ड्राइभिङ सिस्टममा आधारित हुनेछ ।

साइबर क्यावमा चालकको रुपमा मानिस हुने छैन । टेस्लाका सीइओ इनल मस्कले हालै एक कार्यक्रममा टेस्लाले अब धेरै कार बेच्ने नभई अब आर्टिफिसीयल इन्टेलीजेन्स र रोबोटिक्स टेक्नोलोजीमा ध्यान केन्द्रित गर्ने बताए ।

रोबोट्याक्सी एक महत्वकांक्षी योजना हुनेछ, जसमा टेस्लाको लामो योजनामा बन्न नसकेको अटोपाइलट र फुल्ली सेल्फ ड्राइभिङ सिस्टमले छलाङ लगाउने छ । तर, यो नयाँ टेक्नलोजीमा कन्जुमरको सपोर्ट र नयाँ सरकारी रेगुलेसनको आवश्यकता पर्नेछ । जुन अहिलेसम्म तैयार भएको छैन । टेस्लाको अहिलेकै अटोनोमस टेक्नोलोजीमामा ‘फेडरल क्रिमीनल इन्भेस्टीगेसन’ भइरहेको छ ।

विगत एक दशकदेखि नै मस्कले टेस्लामा सेल्फ ड्राइभिङ टेक्नोलोजी जस्तो फिचर कुनै पनि दिन सुरु हुन सक्ने बताइरहेका छन् । मस्कले शोसल मिडिया एक्समा गत अप्रिल मै अगस्ट ८ मा रोबोट्याक्सी सार्वजनिक हुने बताएका थिए ।

रोबोट्याक्सी हालको मोडलमा आधारित नभई बिल्कुलै नयाँ सुविधाहरु भएको तथा रिलायबल हुनु पर्नेछ । टेस्लाले हालसम्म रोबोट्याक्सीको कन्सेप्ट वा डिजाइन क्लु समेत बाहिर ल्याएको छैन ।


Back_to_top