निकै आकर्षक मूल्यमा चीनबाट बिक्री सुरु भयो ‘नेटा एल’

काठमाडौं । होजोन अटोले ‘नेटा एल’ इलेक्ट्रीक भेहिकल लन्च गरेको छ । क्रसओभर एसयूभी डिजाइनमा आएको नेटा एलको सुरुवाति मूल्य चीनमा १९ हजार २६० डलर तोकिएको हो ।

सन् २०१८ बाट न्यू इनर्जी भेहिकल उत्पादनमा लागेको होजोनले नेटा ब्राण्डमा आए (भी), एक्स, एस, जीटी र एल गरी पाँच मोडल लन्च गरिसकेको छ ।

कम्पनीले गत अप्रिलमा चिनियाँ बजारमा नेटा एलको एक्टेक्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (इआरइभी) लन्च गरेको थियो । बिक्री सुरु भएको दुई महिनाको अवधिमा ५ हजार ५०० यूनिट बिक्री भइसकेको छ ।

नेटा एल होजोनको सबैभन्दा ठूलो क्रसओभर एसयूभी हो । यसको लम्बाई ४७७० एमएम, चौडाई १९०० एमएम, उचाई १६६० एमएम छ । यसमा ह्वीलवेस २८१० एमएमको पाउन सकिन्छ । यसको फ्रन्टमा एलइडी हेडलाइट, फ्लस डोर ह्याण्डल, स्लान्टेड रुफ तथा पछाडि कनेक्टेड लाइट दिइएको छ ।

प्रिमियम इन्टेरियर भएको नेटा एलमा १५.६ इन्चको दुईवटा स्कृन रहेको छ । यसमा गियर सिफ्टर स्टेरिङ कोलममा पाउन सकिन्छ । डी सेपको स्टेरिङ ह्वील, वायलेस चार्जिङ प्याड, १६ वटा स्पीकर, फ्रिज तथा फ्रन्ट प्यासेन्जर सिटमा फोल्डेड टेबल समेत दिइएको छ ।

होजोनले नेटा एलमा क्वालकमको नेक्स जेनेरेशन स्न्याप ड्रागन ८२९५ चीपको प्रयोग गरेको छ । यसले अट्रासोनिक रडार, मिलिमिटर वेभ रडार र क्यामराहरुको सहायताले स्मार्ट ड्राइभिङ एक्सपीरीयन्स दिनेछ ।

रियर ह्वील ड्राइभ नेटा एलमा १७० किलोवाटको मोटर रहेको छ । यसको पीक टर्क ३१० न्यूटन मिटर छ । यो ईभीलाई मात्र ७.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुडाउन सकिन्छ । कम्पनीले यसमा ८६ किलोवाट आवरको सीएटीएलको अत्याधुनिक सेन्सिङ एलफपी ब्याट्री प्याक दिएको छ । ब्याट्रीलाई फुल चार्ज गर्दा ५१० किलोमिटर गुडाउन सकिन्छ ।

थ्रीसी फास्ट चार्जिङ सपोर्ट गर्ने यो ब्याट्रीलाई जम्मा २१ मिनेटमा डिसी फास्ट चार्जरको मद्दतले १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नेटा बाण्डका ईभीहरु नेपाली बजारमा सिजी मोटर्सले बिक्री गर्दै आएको छ । कम्पनीले नेटा एक्स मोडलको मिडसाइज एसयूभीको बिक्री साउनबाट सुरु गर्ने भएको छ । सिजीले राइट ह्याण्ड ड्राइभ भर्सनमा बनेपछि नेटा एल पनि नेपाल ल्याउने जानकारी दिएको छ ।


Back_to_top