चीनमा ६ महिनामा बिक्यो १.४० करोड युनिट गाडी, बीवाइडीको सर्वाधिक

काठमाडौं । सन् २०२४ को ६ महिनामा चीनमा १ करोड ४० लाख ४७ हजार युनिट गाडी बिक्री भएको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशत बढी हो ।

चीनमा यस वर्ष ग्यासोलिनभन्दा न्यू इनर्जी भेहिकलको बिक्री उल्लेखनयी संख्यामा बढेको छ । ६ महिनामा न्यू इनर्जी भेहिकलको बिक्री ४९ लाख ४४ हजार युनिट भएको हो । यो संख्या अघिल्लो वर्षको भन्दा ३२ प्रतिशतले बढी हो । चिनियाँ बजारमा न्यू इनर्जी भेहिकलको हिस्सा ३५.२ प्रतिशत पुगेको छ ।

चालु वर्षको पहिलो ६ महिनामा धेरै संख्यामा बीवाइडीले गाडी बेचेको छ । यो अवधिमा बीवाइडीका १६ लाख ७ हजार युनिट गाडी बिकेको हो । दोस्रोमा धेरै चेरीले १० लाख ५७ हजार युनिट, तेस्रोमा जीलीले ९ लाख ५५ हजार युनिट र चौथोमा चांगानले ८ लाख ९ हजार युनिट कार बिक्री गरको हो । यी चारैवटा कम्पनीहरू चीनको आफ्नै स्थानीय ब्राण्डहरू हुन् ।

पाँचौँमा एसएआईसी फक्सवागेनले ७ लाख ५४ हजार, छैठौंमा एफएडब्ल्यू फक्सवागेनले ५ लाख १२ हजार, सातौंमा ग्रेटवाल मोटरले ४ लाख ६७ हजार ४०० वटा, आठौंमा टेस्ला चाइनाले ४ लाख २६ हजार, नवौंमा जीएसी टोयोटाले ३ लाख ३६ हजारवटा र दसौंमा एसएआईसीले ३ लाख ३१ हजार ५०० वटा कार बेच्न सफल भएका छन् ।

चीनमा टपटेन कम्पनीको संयुक्त बिक्री १ करोड १९ लाख १७ हजार युनिट रहेको छ । यो संख्या कुल बिक्रीको ८४.८ प्रतिशत हो ।


Back_to_top