ट्रायम्फ मोटरसाइकलको बुकिङ खुल्यो, मूल्य ६ लाख ४० हजारबाट सुरू

काठमाडौं । ट्रायम्फको दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ । नाडा अटो शो २०२४ मा ट्रायम्फ स्पीड ४०० एक्स र ४०० स्क्रयाम्वलर सार्वजनिक भएको हो ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले दुबै मोडलको बुकिङ खुला गरेको हो ।

कम्पनीले ट्रायम्फको स्पीड ४०० मोटरसाइकल ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्वलरको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो ।

बजाज अटो र ट्रायम्फ मिलेर भारतमा उत्पादन गरेको मोटरसाइकल नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण सुरु गरेको हो । कम्पनीले बजाजका उत्पादन पनि नेपालमा एसेम्बल तथा बिक्री वितरण गर्दै आएको छ ।

बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४०० सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यातसमेत सुरू भइसकेको छ भने कम्पनीले केही दिन अघि १ वर्षमा ५० हजार यूनिट मोटरसाइकल बिक्री पुरा भएको थियो ।

ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यी दुबै मोटरसाइकलमा समान फिचरहरू छन् । ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरु छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जीङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।


Back_to_top