थप चार सहरमा बिक्री सुरू भयो पन्च ईभी

काठमाडौं । टाटा पन्च काठमाडौं बाहिरका ठूला सहरमा बिक्री सुरु हुने क्रम जारी नै छ । पूर्वबाट बिक्री सुरु भएको पन्च एकै पटक उपत्यका बाहिरका चार ठूला सहरमा बिक्री सुरु भएको हो ।

सिप्रदी ट्रेडिङले चितवन, पोखरा, बुटवल र भैरहवामा एक साथ पन्च ईभीको बिक्री सुरु गरेको हो । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापतिले बिक्री सुरुवात घोषणा गरेका थिए ।

भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले बिक्री सुरु घोषणा गर्दा चितवनमा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले औपचारीक बिक्री सुरु गराएका थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । उनले गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न आफुहरु लागि परेको बताए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । टाटा पन्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top