काठमाडौं । नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्लूएम)को नयाँ पुस्ताको इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ ।
नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले फुलचार्जमा ५२० किलोमिटर रेन्ज दिने नयाँ एसयूभी ल्याउने तयारी थालेको हो ।
कम्पनीले ग्रेटवाल माटर्सको कुन मोडल ल्याउने खुलाएको छैन । सम्भवतः ग्रेटवाल मोटर्सको न्यू इनर्जी ब्राण्ड ओराको नयाँ एसयूभी ल्याउने अनुमान छ ।
जीडब्लूएमले नेपालमा न्यू इनर्जी भेहिकलमा अत्याधुनिक प्रविधि र स्मार्ट मोबिलिटी समाधानसहित थप सशक्त रूपमा प्रवेश गर्ने तयारीमा गरेको हो ।
कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक एसयूभीमा स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली, सहज र आधुनिक ड्राइभिङ अनुभवका लागि विभिन्न उन्नत सुविधाहरू समावेश रहने जनाइएको छ ।
आकर्षक डिजाइन, प्रिमियम एक्सटेरियर, विशिष्ट लाइटिङ सिग्नेचर र आधुनिक डिजाइनको यो एसयूभीले नेपाली सडकमा फरक पहिचान दिलाउने विश्वास गरिएको छ ।
उक्त एसयूभी बहु तह सुरक्षात्मक कोटिङ प्रविधियुक्त छ । जसले बाह्य सतहमा सामान्य स्क्र्याचहरू, सूर्यको तापको प्रभावबाट जोगाउँछ । यसले गाडीको चमक र सौन्दर्यलाई लामो समयसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
चाँडै सार्वजनिक हुने उक्त एसयूभीमा ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, ७ एयरब्याग, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू प्रविधि, उद्योगकै अग्रणी एईबी र एमईबी सुरक्षा प्रणाली, २० भन्दा बढी सुविधा रहेको एडास फिचर, ओएस ३.० एआई प्रणालीद्वारा संचालित एआई प्रविधि, भेन्टिलेसन सुविधासहित ६-तरिकाले समायोजन गर्न मिल्ने प्रिमियम चालक सिट लगायत फिचर छन् ।


