टाटा मोटर्सको नयाँ ह्याचब्याक कार ४५एक्स गाडीको परिक्षण सुरुभएको देखिएको छ ।
टाटाले ४५-एक्सलाई आफ्नो इम्प्याक्ट २.० डिजाइन थेममा निर्माण गर्दै गरेको दोस्रो मोडल हो । यो गाडी ४००० एमएम भित्र रहेर निर्माण गरिएको छ । यसलाई कम्पनीले कन्सेप्ट कारकोरुपमा २०१८ दिल्ली अटो शोमा शोकेस गरेको थियो ।
निकै स्टाइलिस देखिएको यो गाडीले बोल्टको स्थान लिने अनुमान गरिएको छ । साथै यसले हुन्डाई आई–२०, मारुती बलेनो र होन्डा ज्याजसँग प्रतिस्पर्धा गर्नेछ ।
टाटा ४५एक्स उच्च मड्यूलर प्लेटफर्ममा निर्माण भएको भारतीय उत्पादकको पहिलो कार हो । यसलाई कम्पनीले १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिनमा ल्याउने छ । साथै, कम्पनीले यसलाई वैकल्पीक माइल्ड–हाइब्रिड सिस्टममा पनि ल्याउने तयारी गरिरहेको छ । त्यसैगरी यसलाई कम्पनीले १.५ लिटर डिजल इन्जिनमा समेत ल्याउने जनाइएको छ । यसलाई डियुल क्लच अटोमेटिक ट्रान्समिसनमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
सिल्क हेडल्याम्प, टेल ल्याम्प, १६ इन्चको अलोय ह्वील, पिलर माउन्टेड रियर डोर ह्यान्डल, इन्फोटेन्टमेन्ट सिस्टम, एप्पल कार प्ले तथा एन्ड्रोइड अटो, स्टार्ट–स्टप बटन र अटोमेटटीक क्लाईमेट कन्ट्रोलजस्ता आधुनिक फिचरहरु यो गाडीमा रहने छ ।
गाडीको सुरक्षको लागि एयरब्याग, एबीएस, इबीडी, क्रुजकन्ट्रोललगायतका फिचरहरु उपलब्ध हुने छन् । ह्याचब्याक यो गाडीमा यसमा रहेको नयाँ हेचब्याक सूरक्षाका लागि असाध्यै स्तरीय रहेको कम्पनीको दाबी छ ।
टाटा ४५-एक्स २०१९को अन्त्यसम्ममा यो गाडी बजारमा आउने अनुमान गरिएको छ ।

