ओमोडा/जेकोले गर्यो इन्टरनेसनल युजर समिट, नेपालबाट पनि दुई जना सहभागी

काठमाडौं । चिनियाँ कम्पनी ओमोडा/जेकोले ‘इन्टरनेशनल युजर समिट’ आयोजना गरेको छ । कम्पनीले चीनको वुहुमा आयोजना गरेको समिट अन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि-मुनको पनि सहभागिता थियो ।

सम्मेलनमा, ‘ओमोडा/जेको’को माहु कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच ‘चेरिस नेचर’ नामक ग्लोबल को-अपरेसन प्रोजेक्ट सहयोग परियोजनामा हस्ताक्षर भयो ।

सम्मेलनमा, बान कि-मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र (ग्लोबल न्यु इनर्जी सेक्टर)मा ओमोडा/जेकोको मुख्य कम्पनी चेरीको योगदानका विषयमा प्रशंसा गरेका थिए ।

मुनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्व भूमिका रहेको बताए । साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी भइरहेको सहकार्य बलियो बनाउन आह्वान गरे ।

बान कि-मुनको सन्देशपछि, दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न, ओमोडा एन्ड जेकोले इएसजी (इन्भायरमेन्टल, सोसियल, र गभर्नेन्स) अलाएन्स स्थापना भएको घोषणा गरेको छ ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङ सहभागी भएका थिए ।


Back_to_top