काठमाडौं । चिनियाँ इलेक्ट्रीक ब्राण्ड एलर्ईभी नेपाल भित्रिएको छ । वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चरले एलईभीले बनाएको पहिलो राइट ह्याण्ड ड्राइभ मोडल ‘एलईभी-०१’ नेपाल ल्याएको हो ।
नेक्सन भेन्चरले एलईभी चिनियाँ प्रतिष्ठित अटोमोबइल डिजाइन हाउस संघाई लन्च अटोमोबाइल कम्पनीले उत्पादन गरेको हो ।
नेपालका लागि आधिकारिब बिक्रेता रहेको एलईभी-०१ कारको सुरूआती मूल्य ५९ लाख ४५ हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
दुई भेरियन्टमा सार्वजनिक एलईभी-०१ को टप भेरियन्ट कम्फर्टको मूल्य भने ६८ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।
यो ईभीको लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७६० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।
कम्पनीका अनुसार यसमा १९ इन्चको ठूलो ह्वील पाउन सकिन्छ । यसमा ९९ किलोवाट क्षमताको मोटर छ भने ६७.१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री छ । यसले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई डीसी चार्जरको सहायताले ३५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

