लीप मोटर्सले माग्यो ६ स्थानमा डिलर

काठमाडौं । लीप मोटर्सको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले देशका विभिन्न ६ सहरमा डिलर माग गरेको छ । कम्पनीले काभ्रेको बनेपा, ललितपुर, भक्तपुर, धनगढी, हेटौंडा र जनकपुरमा डिलर माग गरेको हो ।

कम्पनीले नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको सी-१० एसयूभीको बिक्री सुरु गरेसँगै डिलर माग गरेको हो । यही महिना कम्पनीको नयाँ ह्याचव्याक कार टी-०३ पनि नेपाल आउने छ । नयाँ नियुक्त हुने डिलरमा कम मूल्यको ह्याचव्याक र निकै ठूलो एसयूभी सी-१० दुई मोडल तत्कालै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

यूरोपियन ब्राण्ड स्टेलान्टीस ग्रुपको प्रबेशसँगै निकै आक्रमक भएको लीप मोटर्सले सन् २०२५ को पहिलो क्वाटरमा सी-१० भन्दा सानो साइजको बी-१० मोडल पनि ल्याउने तयारी गरिरहेको छ । पेरिस मोटर शो र ग्वान्झाओ अटो शोमा प्रदर्शनी भएको बी-१० कम मूल्यमा आउने चर्चा भइरहेको छ ।

लाइनअपमा बलियो र मूल्यका हिसावले निकै उत्कृष्ट मोडलहरु ल्याउने भएसँगै साँग्रिला मोटर्सले आफ्नो डिलर नेटवर्क बलियो बनाउन लागेको हो ।


Back_to_top