यी हुन् ‘कार अफ दी एयर २०२५’ को सर्टलिस्टमा परेका ७ कार

काठमाडौं । युरोपियन कार अफ दी एयर २०२५ को फाइनलिस्ट सार्वजनिक भएको छ । प्रतिपर्धामा रहेका ४० मोडलहरूबाट जुरीले ७ वटा मोडलहरू सर्टलिस्ट गरेको हो ।

सर्टलिस्ट भएका ७ वटा मोडलहरूमा ४ वटा ईभी रहेका छन् भने अधिकांश कारहरू एसयूभी स्टाइलका मोडल रहेका छन् ।

यस वर्षको युरोपियन कार अफ दी एयरको सर्टलिस्टमा २ वटा कोरियन ब्राण्ड र ५ वटा युरोपियन ब्राण्ड रहेका छन् । यसमा हुन्डाई, किया, अल्फा रोमियो, सिट्रोन, कुप्रा, डासिया डस्टर र रेनोका कारहरू रहेका छन् ।

१, अल्फा रोमियो जुनियर 

इटालियन लग्जरी कार ब्राण्ड अल्फा रोमियोको सानो साइजको एसयूभी यस पटकको अवार्डका लागि सर्टलिस्ट भएको छ । गत वर्षको विजेता जीपको एभेन्जर बनेकै प्ल्याटफर्ममा बनेको अल्फा रोमियो जुनियर एक इलेक्ट्रीक एसयूभी हो । यो ईभीमा ११५ किलोवाट र २०७ किलोवाटको सिंगल फ्रन्ट ह्वील ड्राइभ मोटर अप्सन रहेको छ ।

२, सिट्रोन सीथ्री

ईसीथ्री स् सिट्रोनको सीथ्रीको चौथो जेनेरेशन मोडल बक्सी डिजाइनको एसयूभी कार हो । यो मोडल आईस र इलेक्ट्रीक दुवै पावरट्रेनमा उपलब्ध छ । सीथ्रीको इलेक्ट्रीक भर्सनमा ८३ किलोवाटका मोटर रहेको छ भने कम्बस्चनमा १.२ लिटरको इन्जिन रहेको छ । कम्बस्चनमा ४८ भोल्ट हाइब्रिड अप्सन समेत रहेको छ ।

३, कुप्रा टेरामर 

फक्सवागेन ग्रुप अन्तर्गतको कुप्राको टेरामर मोडल यस वर्षको फाइनलका लागि सर्टलिस्ट भएको छ । फक्सवागेन ग्रुपको एमक्यूबी ईभीओ प्ल्याटफर्ममा बनेको यो एसयूभी भीडब्लू ब्याचमा रहेको टाइगुनसँग धेरै समानता रहेको छ । माइल्ड हाइब्रिड र प्लगइन हाइब्रिड अप्सनमा रहेको यो एसयूभीको इन्जिनको पावर २७२ पीएस रहेको छ ।

४, डासिया डस्टर

रेनो ग्रुपको डासिया र डस्टर ब्राण्डमा रहेको एसयूभी यस पटकको अवार्डमा सर्टलिस्ट भएको हो । बजेट ब्राण्ड भएता पनि नयाँ जेनेरेशन डासिया डस्टरमा लग्जरी फिचरहरू थपिएकोे छ । हाइब्रिड पावर अप्सनमा समेत उपलब्द यो एसयूभीको इन्जिनले १४० पीएस पावर दिन्छ ।

५, हुन्डाई इन्स्टर 

हुन्डाई मोटर्स कोरियाले उत्पादन गरेको सब कम्प्याक्ट क्रसओभर इन्स्टर ईभी मोडल हो । यो ईभीको लम्बाइ ३८२५ एमएमको रहेको छ । हुन्डाईले इन्स्टरमा ७१ किलोवाट र ८४.५ किलोवाटको मोटर अप्सन दिएको छ । यो ईभीले एकपटकको फुलचार्जमा ३०० देखि ३५५ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

६, किया ईभीथ्री 

किया मोटर्सको सब कम्प्याक्ट एसयूभी किया ईभीथ्री पनि इलेक्ट्रीक मोडल हो । यो ईभीमा १५० किलोवाटको फ्रन्टह्वील ड्राइभ मोटर रहेको छ । यो ईभीलाई शून्यबाट १०० किलोमिटरको स्पीडमा गुडाउन जम्मा ७.५ सेकेण्ड लाग्छ । यसको लङ रेन्ज भेरियन्टले ६०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

७, रेनो ५ 

यस वर्षको युरोपियन कार अफ दी एयर अवार्डका लागि सर्टलिस्ट भएको रेनो ५ रेनोको दोस्रो मोडल हो । रेट्रो स्टाइल डिजाइनमा रहे पनि मोर्डन फिचरहरू रहेको यो ईभीलाई कम्फर्ट, सेफ्टी, ह्याण्डलिङ तथा फङ्सन्यालिटीका आधारमा सर्टलिस्टेड भएको हो । यो ईभीमा ७०, ९० तथा ११० किलोवाटको मोटर अप्सन रहेको छ ।


Back_to_top