विद्युतीय सवारीसाधनको बढ्दो माग र आवश्यकतालाई ध्यानमा राख्दै बेलायती अटोमोबाइल्स कम्पनी लाउरेटीले नयाँ इलेक्ट्रीक कारसहित भारतीय बजारमा प्रवेश गर्ने भएको छ ।
कम्पनीले २०२१ मा भारतीय बजारमा प्रिमियम इलेक्ट्रीक एसयूभी डीओएनएक्स, सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले यसको बिक्री मूल्य करिब ४० लाख भारतीय रुपैयाँ राख्ने आँकलन गरिएको छ ।
कम्पनीले भारतमा प्लान्ट स्थापनाका लागि २ हजार ५ सय ७७ करोड लगानी गर्ने योजना बनाएको छ । सुरुवातमा उक्त प्लान्टबाट वार्षिक उत्पादन १० हजार युनिट र २०२३ सम्ममा त्यसको क्षमता डबल पार्ने लक्ष्य लिएको छ । सन् २०२१ को मध्यबाट डीओएनएक्सको अटोपाटर्स उत्पादन तथा एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याउने योजना कम्पनीले बनाएको छ ।
यो मोडललाई सिङ्गल चार्जमा ५ सय ४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यो मोडल युरोपियन बजारमा पनि बिक्री–वितरण हुनेछ । यस कारले शून्यदेखि १०० किलोमिटरको रफ्तारमात्रै ५.४ सेकेन्डमा पूरा गर्नेछ । यसमा पफर्मेन्स सुरक्षाकासाथै एड्भान्स आर्टिफिसियल इन्टेलीजेन्स सिस्टम लगाइने लाउरेटीले जनाएको छ ।

