काठमाडौं । भीआईपी र भीभीआईपीको सवारीका क्रममा प्रयोग हुने सुविधा सम्पन्न कारकेड बाइकका लागि प्रहरी प्रधान कार्यालयले सुजुकीको बाइक खरीदको लागी भीजी अटोमोवाइल्सको बोलपत्र स्विकृत गरेको छ ।
गत मंसिर ३ गते आव्हान गरेको टेन्डरमा प्रहरी प्रधान कार्यालयले भीआईपी र भीभीआईपीको स्कर्टिङको लागि भन्दै ३० वटा सुविधा सम्पन्न बाइकहरुको आव्हान गरेको हो ।
टेन्डर आह्वान गरेसँगै यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज, बिएमडब्ल्यूको आधिकारीक बिक्रेता टर्क मोटर्स र सुजुकीको आधिकारीक बिक्रेता भीजी अटोमोबाइल्सले आवेदन दिएका थिए ।
आवेदन दिने कम्पनीमध्ये सुजुकीको आधिकारीक बिक्रेता भीजी अटोमोबाइल्सले प्रतिबाइक ४६ लाख ६० हजार रुपैयाँ (भ्याटसमेत) मूल्यमा टेन्डर हालेको थियो । जसमा ३० वटा बाइकको मूल्य १२ करोड ३७ लाख १६ हजार ८ सय १४ रुपैयाँ पर्नेछ ।
प्रहरी प्रधान कार्यालयले उक्त मूल्यको बाइक खरीदको लागी बोलपत्र स्विकृत गरेको हो ।

