सन् २०१८ मा भारतमा सर्वाधिक बिक्री भए यी ५ कार

सन् २०१८ मा मारुती सुजुकीको ५ वटा मोडलको बिक्री ११ लाख १० हजार ६०५ युनिट भएको छ । भारतीय बजारमा प्यासेन्जर भेहिकलको बिक्रीमा आफ्नो दबदबा कायम गरेको कम्पनीले समग्रमा ८ प्रतिशतको वृद्धि हासिल गरेको छ । 

विश्वकै पाँचौँ ठूलो लाईट गाडीको बिक्री बजार भएको भारतमा संसारका थुप्रै गाडी उत्पादकहरुको उपस्थिति रहेको छ । तथापी समग्र बजारको करिब ५४ प्रतिशत हिस्सता भने मारुती सुजुकी एक्लैले ओगटेको छ ।

मारुती डिजाएर

कम्प्याक्ट सेडानहरूमा मारुती डिजाएर सधैँ अग्रपङ्क्तिमा रहेको छ । भारतीय बजारमा अत्याधिक रुचाइएको मारुती डिजाएर २०१८ मा २ लाख ६४ हजार ६१२ युनिट बिक्री हूँदै वेस्ट–सेलिङ्ग कारको लिस्टमा पहिलो नम्बरमा परेको छ । यस कम्प्याक्ट सेडानसँग अहिलेसम्म अरू कुनै ब्रान्डका कम्प्याक्ट सेडानहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन् । यो मोडल २०१७ मा २ लाख २५ हजार ४३ युनिट बिक्री भएको थियो । समग्रमा, २०१८ मा यो मोडलको व्यापार १८ प्रतिशतले बृद्धि भएको छ । 

मारुती अल्टो 

यस्तै भारतमा सर्वाधिक बिक्री हुने प्यासेन्जर कारको दोस्रो स्थानमा मारुतीको अल्टो रहन सफल भयो । २०१८मा अल्टो २ लाख ५६ हजार ६६१  सय युनिट अल्टो बिक्री भएको छ । त्यस्तै २०१७ मा कम्पनीले २ लाख ५७ हजार ७३२ युनिट अल्टोको बिक्री गरेको थियो । 

मारुती स्विफ्ट

२०१८ मा मारुतीको स्विफ्टको व्यापार ३४ प्रतिशतले बृद्धि भएको छ । २०१७ मा १ लाख ६७ हजार ३७१ युनिट बिक्री भएको स्विफ्ट मोडल २०१८ मा २ लाख २३ हजार ६३० युनिट बिक्री भएको छ । यो कार सर्बाधिक बिक्री हुने मोडलको तेस्रो स्थानमा पर्न सफल भएको छ । 

मारुती बलेनो

मारुती सुजुकीले २०१८ मा २ लाख १० हजार २२६ युनिट बलेनो कार बेचेको छ  । गत वर्ष यो कार १ लाख ७५ हजार २०९ युनिट बिक्री भएको छ । तुलनात्मक रुपमा  यो कारको व्यापार २० प्रतिशतले बढेको छ । 

मारुती भिटारा ब्रेजा

यस्तै मारुती कम्पनीको अर्काे चर्चित मोडल भिटारा ब्रेजा २०१८मा १ लाख ५५ हजार ४६६ युनिट बिक्री भएको छ  । कम्पनीले २०१७ मा यो मोडल १ लाख ४० हजार ९४५ युनिट बिक्री गरेको थियो । समग्रमा यो मोडलको व्यापार १० प्रतिशतले बृद्धि भएको छ । 

भारतीय बजारमा सर्वाधिक बिक्री हुने मोडलमा एकदेखि ६ नम्बरसम्म मारुती सुजुकीका उत्पादन रहेका छन् । छैटौं स्थानमा मारुतीकै वागेनआर छ भने, ७ औं स्थानमा हुन्डाईको आई २० इलाईट रहेको छ । ८ औं र ९ औं स्थानमा हुन्डाई कै ग्रान्ड आई १० र क्रेटा रहँदा १० औं स्थानमा मारुती सुजुकीको सेलेरियो रहेको छ ।  


Back_to_top