टेस्ला कम्पनीका सीईओ इलोन मस्कले ट्वीट गर्दै चाँडै रकेट इन्जिनको प्रयोग गर्दै उड्ने कार बनाउने तयारी भैरहेको जानकारी दिएका छन् । साथै, उनले एउटा जीआईएफ तस्बिरसमेत पोष्ट गरेका छन् । जहाँ कार जमिनबाट माथी उड्दै गरेको देख्न सकिन्छ । उनले ट्वीटमा उल्लेख गरेका छन्, कारको पछिल्लो सीटको स्थानमा थ्रस्टर सिस्टम हुनेछ, जसले कारलाई उड्न सहयोग गर्नेछ ।
यो कार अन्य कुनै कार नभएर मस्कले यसअघि नै सार्वजनिक गरेको रोडस्टार कार हो ।
मस्कले सन् २०१७ मा टेस्ला रोडस्टरलाई सार्वजनिक गरेका थिए । उक्त समय उनले दाबी गरेका थिए रोडस्टर १.९ सेकेन्डमा ९७ किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुड्न सक्छ । साथै, एक पटकको फुलचार्जमा ९९८ किलोमिटर चलाउन सकिन्छ । उनि उक्त कार निर्माणमा अझै निरन्तर लागिरहेका छन् ।
मस्कको नयाँ ट्वीटले फेरी उनलाई चर्चाको शिखरमा पुर्याएको छ । साथै, धेरै अटो पन्डितहरुले उनको नयाँ कामले इलेक्ट्रीक कार प्रति मानिसको आर्कषण बढाउने काम गरेको टिप्पणी गरेका छन् ।
मस्कले दिएको जानकारी अनुसार उनि अहिले ‘स्पेशएक्स प्याकेज’मा व्यस्थ रहेका छन् । कोल्ड एयर थ्रस्टको प्रयोग गरिने यो कारको स्पीड र एक्सीलीरेशन दुबै डवल वृद्धि हुने र आवस्यकता अनुसार कार उढाउन सकिने उनको दाबीछ ।
मस्कले रोडस्टरको आगमन धेरै टाढा संकेत दिएको दिएका छन् । यदि उनको यो प्रयोग सफल हुने हो भने इलेक्ट्रीक कारको निर्माणमा नयाँ आयाम आउने अनुमान सुरु भएको छ ।

