काठमाडौं । मारुती सुजुकी फ्रङ्क्सलाई कम्पनीले हाइब्रिड इन्जिनमा उपलब्ध गराउने भएको छ । कम्पनीले ल्याउने नयाँ फ्रङ्क्स हाइब्रिड इन्जिनमा उपलब्ध हुने क्रसओभर मोडल हो । यसले प्रतिलिटर पेट्रोलले ३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
सन् २०२३ मा पहिलो पटक सार्वजनिक भएको सुजुकी फ्रङ्क्स भारतमा बिक्री सुरु भएको १० महिनामा १ लाख युनिट उत्पादन पुरा भएको मोडल हो । भारतमा हुन्डाई एक्सटर र टाटा पन्चसँग प्रतिस्पर्धा गरिरहेको फ्रङ्क्स सफल मोडल मानिन्छ ।
भारतमा सुजुकी ग्राण्ड भिटारा हाइब्रिड मोडलको सफलतासँगै कम्पनीले फ्रङ्क्स पनि हाइब्रिड इन्जिनको साथ बजारमा ल्याउन लागेको हो । सन् २०२५ को अन्तिमसम्ममा बजारमा आउने यो हाइब्रिड कारमा जेड १२ई इन्जिन रहने छ ।
अहिले चार मिटर सेग्मेन्टमा कुनै पनि मोडल हाइब्रिड इन्जिनमा उपलब्ध छैन । त्यसैले सुजुकीले फ्रङ्क्सलाई हाइब्रिडमा ल्याउन लागेको हो । कम्पनीले यसमा हाइब्रिड इन्जिनसँगै अन्य आधुनिक फिचरहरुको लामो लिष्ट दिएर बजारमा उतार्ने अनुमान गर्न सकिन्छ ।
अहिले पनि नेपाली बजारमा उपलब्ध फ्रङ्क्सको हाइब्रिड मोडल पनि नेपाली बजारमा उपलब्ध हुनेछ ।

