बजाज डोमिनार अपग्रेड भएर आउँदै

काठमाडौं । बजाज अटोले आफ्नो फ्लागसिप मोडल डोमिनार ४०० मोटरसाइकलको नयाँ भेरियन्ट ल्याउने भएको छ । कम्पनीले विभिन्न अपडेट सहित नयाँ डोमिनार ४०० भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको हो ।

नयाँ डोमिनार ४०० रोडमा परिक्षणको क्रममा देखिएसँगै मोटरसाइकलमा भएका अपडेट फिचरहरु मिडिया अन्तर्गत बाहिरिएको हो ।

डोमिनार ४०० मा नयाँ एलसीडी डट म्याट्रिक्स इन्स्ट्रुमेन्ट क्लस्टर र पुरा एलइडी लाइट सिस्टम रहेको छ । पुरानो डोमिनारको फ्युल ट्याकंमा रहेको क्लस्टर यस भेरियन्टमा उपलब्ध छैन । त्यस ठाउँमा कम्पनीले युएसबी चार्जिङ पोर्ट दिएको छ ।

यसमा दिइएको इस्ट्रुमेन्ट क्लस्टरमा एप सहितको ब्लुटुथ कनेक्टिभिटी सिस्टमको डिटेल्स, स्पीडो मिटर, टेको मिटर, ओडोमिटर, टर्न बाई टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, राइड मोडहरू, समय, साइड स्ट्यान्ड इन्डिकेटर, फोन सिग्नल, इटीए, फ्युल स्तर र ब्याट्री स्तर जस्ता डिटेल्सहरु हेर्न सकिन्छ ।

यस बाहेक कम्पनीले नयाँ डोमिनार ४०० मोटरसाइकलमा अन्य परिमार्जन गरेको जानकारी बाहिर आएको छैन । यसमा ३७३ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी, फोर भल्ब, एफआई बीएस ६ इन्जिन नै रहने अनुमान छ । उक्त इन्जिनले अधिकतम ४० ब्रेकहर्स पावर तथा ३५ एनएमको टर्क जेनेरेट गर्छ ।

 


Back_to_top