काठमाडौं । पछिल्लो समय नेपाल भित्रिएको सबैभन्दा चर्चित मोटरसाइकल ट्रायम्फ स्क्रायम्बलर ४०० एक्स मोटरसाइकलकाे नयाँ कलर पर्ल ह्वाइट भेरियन्ट नेपालमा बिक्री सुरु भएको छ ।
नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले पर्ल ह्वाइट भेरियन्ट नेपाली बजारमा बिक्री सुरु गरेको हो । कम्पनीले पर्ल ह्वाइट भेरियन्ट मोटरसाइकलको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
नयाँ प्रिमियम कलर अप्सनमा आएको पर्ल ह्वाइट स्क्रयाम्बलर ४०० एक्समा अन्य कुनै परिर्वतन भने छैन । ट्रायम्फ पर्ल ह्वाइट स्क्रयाम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ४० ब्रेक हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स छ ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर, ड्युल च्यानल एबीएस, यूएसडी र मोनोसक सस्पेन्सन सेटअप, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता अत्याधुनिक फिचरहरू पाउन सकिन्छ।


