काठमाडौं । होन्डा एक्सआर १९० एल को मूल्य वृद्धि भएको छ । कम्पनीले होन्डा एक्सआर १९० को मूल्य २९ हजार रुपैयाँले बढाएको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले सामान्य अपडेटसहित ल्याएको नयाँ एक्सआरको मूल्य ७ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।
यसअघि नेपाली बजारमा होन्डा एक्सआर १९० एलको मूल्य ७ लाख ६९ हजार ९०० रुपैयाँ रहेको थियो ।
नयाँ एक्सआर १९० एलमा फुल डिजिटल डिस्प्ले पाउन सकिन्छ भने यसअघिको मोडलका एनालग डिस्प्ले रहेको थियो । त्यस्तै यसमा भनेको अन्य परिवर्तन भनेको यसको ग्रफ्रिक्स हो । कम्पनीले होन्डा एक्सआर १९० एलमा नयाँ ग्राफिक्सको प्रयोग गरेर ल्याएको हो । यसको हेडल्याम्प रिडिजाइन गरिएको छ भने यसमा चार्जिङ पोर्ट समेत उपलब्ध छ । यसका अलावा कुनै परिर्वतन गरिएको छैन् ।
एक्सआर १९० एलमा भएको १८४.४ सीसी एयर कुल्ड इन्जिनले ८५०० आरपीएममा १५.६ बीएच पावर र ६००० आरपीएममा १५.७ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
एक्सआर १५० एलको लम्बाई २०७५, चौडाई ८१२ र उचाई ११२४ एमएम रहेको छ । यसमा १३५१ एमएमको ह्वीलवेस दिइएको छ । यसमा २४५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको रहेको छ । यसमा १२ लिटरको फ्यूल ट्याङ्की दिइएको छ ।
कम्पनीले एक्सआर १९० एलको अगाडि चक्कामा २४० एमएमको पिष्टन क्लालिपर सहितको हाइड्रोलिक डिस्क र पछाडि चक्कामा ११० एमएम ल्यान्डिङ ड्रम ब्रेक दिएको छ ।
अफरोडमा आरामदायी यात्राको लागि कम्पनीले एक्सआर १९० एलको अगाडि २४० एमएमको एक्स्ले ट्राभल टेलिस्कोपीक फर्क र १५१ एमएमको एक्स्ले ट्राभल मोनोसक दिएको छ ।


