काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड हुन्डाईले भारतबाट कार निर्यात थालेको २५ वर्ष पुरा गरेको छ । कम्पनीले विगतका वर्षहरुमा भारतीय कार बजारलाई नै परिवर्तन गर्ने किसिमका मोडलहरु ल्यायो ।
भारतमा कार उत्पादन र बिक्री गर्दै आएको हुन्डाईले स्थानिय बजारमा अहिलेसम्म झण्डै एक करोड १० लाख युनिट कार बिक्री गरेको छ ।
सन् १९९९ बाट अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु गरेको हुन्डाई मोटर इन्डियाले २५ वर्षको अवधिमा १५० देशमा भारतमा बनेका प्यासेन्जर कार निर्यात गरेको हो । अहिले भने कम्पनीले बाहिर प्लान्ट बनाएर करिब ६० भन्दा बढी देशमा मात्रै भारतमा उत्पादन भएको बिक्री गर्दै आएको छ ।
हुन्डाईले भारतमा बनाएको आई-१० सिरिज अहिलेसम्म सबैभन्दा धेरै निर्यात गरेको हो । कम्पनीले अहिलेसम्म १५ लाख युनिट आई-१० निर्यात गरिसकेको छ । त्यस्तै, दोस्रो धेरै निर्यात सेडान कार भर्ना गरको हो ।
हुन्डाई इण्डियाले सन् २०२४ मा १ लाख ५८ हजार ६८६ यूनिट कार निर्यात गरेको थियो । कम्पनीको मूख्य निर्यात बजारमा साउदी अरब, साउथ अफ्रिका, मेक्सीको, चिली र पेरु जस्ता इमर्जिङ मार्केट छन् । हुन्डाईले माइक्रो एसयूभी सेग्मेन्टमा एक्सटर भारतमा मात्र उत्पादन गर्दै आएको छ ।
हुन्डाई इण्डियाले क्रेटा, अल्काजार, भर्ना, एक्सटर, आई-१०, भेन्यू, अउरा, आई-२० जस्ता मोडल उत्पादन गरिरहेको छ ।


