एक्सपेङको नयाँ एसयूभीले ७०२ किलोमिटर रेन्ज दिने

काठमाडौं । एक्सपेङ ब्राण्डले जी-७ मोडलमा ८०.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ७०२ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।

एक्सपेङकै सबैभन्दा लामो क्रसओभर एसयूभी जी-७ अबको केही समयपछि बजारमा आउने छ । कम्पनीले यसको तस्बिर जनवरी ९ तारिखमा पहिलो पटक देखाइको थियो । अब भने यसको ब्याट्री र रेन्जको डिटेल बाहिर आएको हो ।

एक्सपेङले चीनको तेस्रो ठूलो ब्याट्री निर्माता कम्पनी सीएएलबीसँग लिएको हो । कम्पनीले दुई ब्याट्री अप्सन सहित जी-७ बजारमा ल्याउने छ । इन्ट्री भेरियन्टमा ६८.५ किलोवाट आवरको ब्याट्री उपलब्ध हुनेछ । साथै, लङ रेन्जमा ८०.८ किलोवाट आवरको ब्याट्री हुनेछ । सानो ब्याट्रीको रेन्ज भने ६०२ किलोमिटर रहने सीएलटीसीको दावी छ ।

सानो र ठूलो दुबै ब्याट्रीसँग २१८ किलोवाटको रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ । ४८९२ एमएम लामो एक्सपेङ जी-७मा २८९० एमएम लामो ह्वीलवेस दिइएको छ । कम्पनीले दुई भेरियन्टमा फरक १८ र २० इन्चको ह्वील प्रयोग गर्नेछ ।

आधुनिक र मोर्डन ईभीमा उपलब्ध हुने सबै किसिमका टेक्नोलोजी प्रयोग हुने बताइएको छ । तर, ती फिचरको विषयमा आधिकारीक जानकारी बाहिर आएको छैन । एक्सपेङले जी-७ लाई ३५ हजार अमेरिकी डलर आसपास मूल्य तोकेर बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top