सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

काठमाडौं । सीएफमोटो २५० डुअल ईएफआइ मोटरसाइकलमा अब ५ वर्षको वारेन्टी पाइने भएको छ ।

नेपालमा लागि सीएफमोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले यही साउन २६ गतेदेखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोको अवसरमा २५० डुअलमा ५ वर्ष वा ६० हजार किलोमिटर (जुन पहिला आउँछ)को वारेन्टी दिएको हो ।

कम्पनीले ग्राहकहरूलाई अझ विश्वसनीय, सुरक्षित तथा दीर्घकालीन स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यले यो विशेष अफर ल्याएको हो । यो अफर साउन २१ गतेदेखि नै लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले खरिद प्रक्रियालाई थप सजिलो बनाउन सहज किस्तान्दी सुविधा उपलब्ध गराएको छ । साथै, ग्राहकले आकर्षक एक्सचेन्ज योजना अन्तर्गत आफूसँग भएको पुरानो मोटरसाइकलसँग नयाँ सीएफमोटो २५० डुअल ईएफआइ साट्न सक्नेछन् ।

कम्पनीले सीएफमोटो २५० डुअल ईएफआइको अधिकतम खुद्रा मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।

सीएफमोटो २५० डुअल ईएफआइ आधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ तथा एड्भेन्चर केन्द्रित डिजाइनमा आधारित मोटरसाइकल हो । जसले दैनिक आवागमनदेखि लामो दूरीका यात्रा तथा अफ रोड साहसिक यात्रासम्म उच्चस्तरीय प्रदर्शन प्रदान गर्दछ।

यसमा २४९ सीसी लिक्विड कुल्ड, सिंगल सिलिण्डर, डीओएचसी ईएफआइ इन्जिन छ । यसले अधिकतम २४.२ ब्रेक हर्ष पावर तथा २२.५ न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर उपलब्ध छ ।

२४५ मिमी ग्राउण्ड क्लियरेन्स भएको यो मोटरसाइकलमा डुअल च्यानल एबीएस, हलुका तौलको एड्भेन्चर च्यासिस, १५४ केजी कर्ब तौल, पूर्ण एलईडी लाइटिङ प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायत फिचर छन् । यसको डिजाइन आरामदायी अपराइट राइडिङ पोजिसन र दैनिक तथा एड्भेन्चर राइडिङका लागि उपयुक्त छ ।


Back_to_top