होन्डाले भारतीय बजारमा सीबी ३०० आर बाईक फेब्रुअरी ८ मा लन्च गर्ने भएको छ । भारतीय बजारमा यो बाइकको बुकिङ सुरु भइसकेको छ । ५ हजार भारतीय रुपैयाँ तिरेर यो बाईक ग्राहकले बुकिङ गर्न सक्नेछन् । कम्पनीले यस नयाँ बाइकको एक्स स्वोरुम मूल्य भारतीय २ लाख ५० हजार भारतीय रुपैयाँ राखेको तोकेको छ ।
यसलाई कम्पनीले होन्डाको प्रिमियम डिलर नेटर्वकबाट मात्र बुकिङ गर्न सकिने जनाएको छ ।
बेलायाती बजारमा बिक्री हुने सीआरबी ३०० आरमा २८६ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड ४ भल्व ‘डीओएचसी’ इन्जिन जडान भएको यो बाइकले ३०.९ बिएचपी पावर र २७.५ एनएम टर्क जेनेरेट गर्नेछ । भारतीय बजारमा पनि यहि फिचरको बाईक सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
प्रिलोडेड एड्जस्टेवल अपसाईड डाउन ४१ एकएम फ्रक तथा मोनोसक सस्पेनशन दिइएको यो बाइकमा अगाडि २९६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिइएको छ । साथै, यसमा डियुल च्यानल एबीएस जडान गरिएको छ ।
यसलाई भारतीय बजारमा दुई कलर अप्सनमा बजारमा ल्याउने जनाइएको छ । कम्पनी स्रोतका अनुसार एक्सीस ग्रे मेटालिक र क्यान्डी क्रोमोस्पीयर रेड कलरमा नयाँ बाइक सार्वजनिक हुनेछ ।
भारतीय बजारमा सार्वजनिक भएको अधिकांश मोडल नेपाली बजारमा आउने गरेको छ । यस्तोमा सीबी ३०० आर नेपाली बजारमा आउने छ । नेपाली बजारमा होन्डाका उत्पादन स्याकार कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।
यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब ८ लाख रुपैयाँको हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।

