तीन ब्याट्री अप्सनमा आउने भयो ‘बीजेडएक्सथ्री

काठमाडौं । टोयोटाले अघिल्लो महिना ‘व्लाइण्ड अर्डर’ खुला गरेको बीजेडथ्री एक्सको मूल्य सार्वजनिक भएको छ । कम्पनीले ब्लाइण्ड अर्डर गर्दा सुरुवाती भेरियन्टको मूल्य १३ हजार ८०० अमेरिकी डलर तोकेको थियो । अहिले गाडी देखाएपछिको मूल्य १५ हजार १०० डलर थियो ।

टोयोटाले बीजेडथ्री एक्समा ५०, ५८.४ र ६७.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीको रेन्ज क्रमशः ४३०, ५२० र ६१० किलोमिटर रहने सीएलटीसी टेस्टले देखाएको छ । कम्पनीले बीजेडथ्री एक्समा दिएको ब्याट्री २४ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।

विद्युतीय कार उत्पादनमा टोयोटा खराब कम्पनी हो भन्नेहरुलाई जवाफ दिन बीजेडथ्रीएक्समा चिनियाँ स्टार्टअप कम्पनी मोमेन्टाबाट लाइडार र ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) प्रयोग गरेको छ ।

नयाँ क्रसओभर मोडलमा एनभिडिया ड्राइभ एजीएक्स ओरिन एक्स चीप प्रयोग भएको छ । साथै, २७ वटा सेन्सर, ११ वटा हाइ डेफिनेसन क्यामरा, १२ वटा अल्ट्रा सोनिक राडार, ३ मिलिमिटर वेभ राडार र लाइडार जस्ता इक्युपमेन्ट सुरक्षाको लागि प्रयोग भएको छ ।

टोयोटा र जीएसी मिलेर बनाएको प्योर इलेक्ट्रीक क्रसओभर एसयूभी ‘एस्थेटिक डिजाइन ल्याङ्वेज’मा बनेको हो । यसमा स्प्लीट हेडलाइट, हिडन डोर ह्याण्डल, १.१४ स्क्वायर मिटरको पानारोमिक सनरुफ, व्ल्याक मिरर, साइड स्कर्ट र ह्वीलआर्क दिइएको छ ।

यसको फ्रन्टमा ११२ एलइडी प्रयोग भएको ‘स्लेन्डर क्रिस्टल लाइट’, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ । बीजेडथ्री एक्सको लम्बाइ ४६०० एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६४५ एमएम छ । यसमा ह्वील वेस भने २७६५ एमएम लामो छ ।

यसको सुरक्षा प्रविधिमा स्पीड लिमिट असिस्ट, ट्राफिक लाइट असिस्ट, रिमोर्ट पार्किङ तथा व्लाइण्ड स्पट मनिटरिङ जस्ता २५ प्रकारका फिचर एडास भित्र उपलब्ध छन् ।

इन्टेरियरमा टु स्पोकको मल्टिफङ्सनल स्टेरिङ ह्वील, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्टल प्यानल, क्वालकम स्न्याप ड्रागन ८१५५ चीप भएको १४.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन पाउन सकिन्छ ।

गाडीमा वायरलेस मोवाइल चार्जर, ३२ कलरको एम्बीयन्ट लाइट, ७ वटा एयरव्याग, यामाहाको अडियो सिस्टम, ११ वटा स्पीकर, फोल्डेवल आर्मरेष्ट उपलब्ध हुनेछ ।


Back_to_top