टीभीएसको ‘एक्सचेन्ज मेनिया’ सुरू, १ लाख पुगे अपाचे राइडर

काठमाडौं । टीभीएस ‘एक्सचेन्ज मेनिया’ सुरू भएको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि एक्सचेन्ज मेनिया संचालन गरेको हो ।

फागुन २६ गतेसम्म संचालन हुने उक्त मेलामा विभिन्न खेलकुद गतिविधि र मोटरसाइक्ल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ ।

जगदम्बा मोटर्सका अनुसार एक्सचेन्ज मेनियामा ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसका नयाँ स्कुटर तथा मोटरसाइकलसँग साट्न सक्नेछन् ।

यो एक्सचेन्ज मेनियामा टीभीएसको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ३१ हजार बराबरको २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिस पाउने छन् ।

साथै, एक्सचेन्ज मेनियामा एक्सचेन्जमा १० हजार थप मूल्यांकन दिने बताएको छ । ग्राहकलाई सहज फाइनान्सको सुविधा अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको व्यवस्था पनि रहेको छ ।

जगदम्बा मोटर्सले नेपाली बजारमा १ लाख यूनिट टीभीएस अपाचको पुगेको अवसरमा ‘१ लाख सेलिब्रेशन डे’ को रुपमा मनाएको छ ।


Back_to_top